Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधउपकुलपति र शिक्षाविद्हरूको धुलिखेल सम्मेलनको बहुपक्षीय अर्थ

उपकुलपति र शिक्षाविद्हरूको धुलिखेल सम्मेलनको बहुपक्षीय अर्थ


काठमाडौँ,विश्वविद्यालय आयोजक तथा काठमाडौँ विश्वविद्यालयको व्यवस्थापनमा अन्तर्राष्ट्रिय उपकुलपति तथा शिक्षाविद्हरूको सम्मेलन नेपालको राजधानीबाट नजिकै अर्थात् प्राकृतिक हिसाबले अत्यन्तै रमणीय, पर्यटकीय र सांस्कृतिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण नगरी, साथै नेपालको विश्वविद्यालयहरूमध्ये उत्कृष्ट काठमाडौंै विश्वविद्यालय धुलिखेलको प्राङ्गणमा यहि २०८० साल फाल्गुण महिनाको ३, ४ र ५ गतेको सम्मेलन म स्तम्भकार संयोगवश प्रारम्भको स्वागतार्थ रात्रीभोजदेखि समापन दिवा भोजसम्मको प्रायःजसो सबै कार्यक्रमहरू अवलोकन गर्ने तथा उपस्थिति हुने मौका अधिवक्ता जगदीश दाहाल जो त्यस कार्यक्रममा पर्यवेक्षक अतिथिको रूपमा काठमाडौंै विश्वविद्यालयको उपकुलपतिको सचिवालयको निमन्त्रणामा सुरुवातीदेखि समापनसम्मको कार्यक्रममा संलग्न व्यक्तित्वमार्फत पाए । उनले गर्दा मैले उक्त सम्मेलन अवलोकन गर्ने मौका पाए तसर्थ उक्त सम्मेलनका विषयमा मेरा विचारहरूलाई मिडियामार्फत जानकारी गराउन उचित र सान्दर्भिक लागेको छ ।

उपकुलपति प्राडा भोला थापाको विशेष सक्रियता
काठमाडौँ विश्वविद्यालय आयोजक तथा काठमाडौँ विश्वविद्यालयको व्यवस्थापनमा सम्पन्न अन्तर्राष्ट्रिय उपकुलपति तथा शिक्षाविद्हरूको सम्मेलन २०२४ को विषयमा केही समयअगाडि शिक्षा क्षेत्रका व्यक्तित्वहरू माझ र राजनीतिक वृत्तमा समेत यो सम्मेलनको चर्चा निकै थियो र सुनिन्थ्यो । चर्चा यस्तो किसिमको थियो कि राजनीतिक वृतका त्यसमा पनि सरकार र दलको नेतृत्वमा रहेका नेताहरू र नेपालका शिक्षा क्षेत्रका शिक्षाविद्, विश्वविद्यालयको उपकुलपति, पूर्वउपकुलपतिहरूले यो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँ विश्वविद्यालयले कसरी सम्पन्न गर्छ ? कसरी सम्भव होला ? जोसँग अत्यन्तै न्यून जनशक्ति, स्रोत, साधन छ र धुलिखेलजस्तो सानो नगरीमा विभिन्न विश्वविद्यालयबाट उपस्थित उपकुलपतिहरू, शिक्षाविद्हरूलगायत अन्य पाहुनाहरूलाई स्वागत, सत्कार खान, बस्न, आवतजावत, सुरक्षाको प्रबन्ध कसरी गर्न सक्छ भनेर हतोत्साहित तुल्याउने किसिमका अभिव्यक्तिहरू यत्रतत्र नसुनिएका पनि होइनन् । तर उपकुलपति प्राडा भोला थापा दृढता, ऑट, जागरले सम्भव तुल्याएर सम्मेलन सम्पन्न गरेर देखाउनुभयो । उपकुलपति प्राडा भोला थापा साधारण, शालीन प्राकृतिक झट्ट हेर्दा अप्रत्यारिलो सामान्य व्यक्तित्व देखिने तर उच्चस्तरको विषयगत विद्वता राख्ने साधारण जीवनशैलीका उच्च सोचाइ भएको र आटेको र गर्न खोजेको काम पूरा गरेर नै छाड्नु असाधारण, अजीवको व्यक्तित्व उहाँमा देखियो । काठमाडौंै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा कार्यरत रहेको सबै कर्मचारीको यो सम्मेलन सम्पन्न गर्न उहाँलाई सहयोगै गरेको देखियो । नेपालको शैक्षिक इतिहासमा काठमाडौंै विश्वविद्यालयको उपकुलपति प्राडा भोला थापाको नेतृत्वले गरेको यो सम्झना लायक इतिहास बनाएको महसुस गर्न सकिन्छ ।

सम्मेलनमा सहभागिहरूको प्रतिक्रिया

नेपाल, भारत, बङ्गलादेश, मलेसिया, थाइल्याण्ड, युरोपेली तथा अफ्रिकी मुलुकका विश्वविद्यालयका उपकुलपति, शिक्षाविद्, शिक्षक, विद्यार्थीहरूले सम्मेलनको उद्देश्यअनुरूप बर्तमान शिक्षा क्षेत्रको चुनौती र अवसरहरूको बारेमा जानकारी प्राप्त साथै सांस्कृतिक आदानप्रदान र प्राज्ञिक विकास, उच्च शिक्षाको अन्तर्राष्ट्रीयकरणको प्रभाव, विषय विज्ञता बारेमा जानकारी पाएको प्रतिक्रिया दिएका थिए । साथै, सम्मेलनको स्थान ज्यादै रमणीय प्राकृतिक सौन्दर्यता र सांस्कृतिक र धार्मिक हिसाबले संसारकै धनी र अनुकरणीय स्थान काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरीमा अवस्थित काठमाडौँ विश्वविद्यालयको प्राङ्गणमा विश्वविद्यालयको कुलपति नेपाल राज्यको प्रधानमन्त्री पुष्पकमल दाहाल र सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, नेपाललगायत भारत, बङ्गलादेश, मलेसिया, थाइल्यान्ड, युरोपेली तथा अफ्रिकी मुलुकका विश्वविद्यालयको उपकुलपति र शिक्षाविद्को सम्बोधनबाट प्राप्त शैक्षिक ज्ञान साथै विश्वविद्यालयको शैक्षिक गतिविधिको सूचना प्रवाह गर्दै सम्मेलन सम्पन्न गर्न पाएको र प्राकृतिक सौन्दर्य अवलोकन गर्न पाएको, नेपाली शिक्षाविद्, विश्वविद्यालयको न्यानो स्नेहभाव पाएको र हसिलो खुसिलो चेहेराको साथ सम्मेलनमा सहभागीहरू एकअर्कामा व्यक्त गरेको देखिएको थियो । उक्त सम्मेलन सफलतापूर्वक सम्पन्न भएबाट पनि काठमाडौँ विश्वविद्यालयको उपकुलपति प्राडा भोला थापाको नेतृत्वको टिमलाई पनि उत्तिकै स्नेहभावको साथ धन्यवाद ज्ञापन गरेको देख्न पाइन्थ्यो । यो सम्मेलन हामी नेपालीको लागि गौरवमय क्षणको विषय बन्न पुगेको महसुस गर्न सकिन्छ ।

आर्थिक र पर्यटकीय दृष्टिकोणले यो सम्मेलन
काठमाडौँ विश्वविद्यालय धुलिखेलको प्राङ्गणमा सम्मन्न सम्मेलनले ४÷५ दिनको धुलिखेल नगरभित्रको पर्यटक र तारे स्तरीय होटलहरूमा सम्मेलनमा सहभागी पाहुनाहरूको बसाइँ, धुलिखेलबाट देखिने प्राकृतिक सौन्दर्यता, हिमाल, धुलिखेल, बनेपा र पनौती नगरभित्रका मठ मन्दिरको भ्रमण अवलोकनबाट विश्व समुदायमा धुलिखेलको पर्यटन प्रवद्र्धन, प्रचारप्रसार थप टेवा मिलेको देखियो । साथै, उक्त सम्मेलनमा सहभागी करिब तीन सयको हाराहारीमा रहेका पाहुना ४÷५ दिनको बसाइँले पर्यटन व्यवसायीको व्यापार व्यवसायबाट भएको आर्थिक लाभ अर्थात् आर्थिक दृष्टिकोणले पनि यो अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन २०२४ अर्को महत्वपूर्ण पक्ष मान्न सकिन्छ र मान्नुपर्छ ।

धुलिखेल नगरवासीको कन्जुस्याइ“
यस अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन २०२४ मा धुलिखेल नगरपालिका, धुलिखेल पर्यटन बोर्ड, धुलिखेल विकास समाजलगायत नगरभित्र सक्रिय रहेको संघ संस्थाहरू र धुलिखेलवासी समुदायले यतिको ठूलो अन्तर्राष्ट्रिय सम्मेलन त्यसमा पनि विश्वविद्यालयको उपकुलपतिहरू, शिक्षाविद्लगायत काठमाडौंको विभिन्न स्कुल, कलेजहरू सहभागी सम्मेलन आफ्नो आँगनमा ल्याएर काठमाडौँ विश्वविद्यालयको नेतृत्वले सम्पन्न गर्दै गर्दा धुलिखेल नगरपालिका, धुलिखेल नगरवासी, धुलिखेल पर्यटन व्यवसायीलगायतको काहीँकतै स्वागतको बोर्ड नै देखियो । न त सम्मेलनमा सहभागिता नै देखियो । यस सम्मेलनमा कुनै स्थानीय, बुद्धिजीवी वर्गको समेत रूचि र सहभागिता देखिएन । यसको मतलब के अनुमान गर्न सकिन्छ भने दुई संस्था वा व्यक्तिबीचको केही कुनै विषयमा मतैक्यता नभएकै कारणले सिँगो नगरवासी यस्तो किसिमको स्वभाव व्यवहार देखाउनु अत्यन्तै अस्वभनीय र लाजमर्दो कुरा हो । धुलिखेलको स्थानीय सरकार, नगरवासीले यस्तो सम्मेलन आफ्नो आँगनमा आउँदा सडक सरसफाइ राख्ने, स्वागत ब्यानरहरू राख्नेलगायतका धुलिखेलको प्रचारप्रसारको लागि सांस्कृतिक झल्कने झाँकीहरू प्रदर्शन गर्नेलगायतका कार्यहरू प्रस्तुत गर्नुपर्ने थियो । त्यो नगर्नु र कन्जुस्याइँ गर्नु धुलिखेल नगरवासीहरू आफैँलाई हानिनोक्सानी पु¥याउनु सरह भएको महसुस भयो । त्यति मात्रै नभएर केही व्यक्तित्वहरूको सङ्कीर्ण मानसिकता भएको हो कि भन्ने यदाकदा प्रश्न उठेको पाइयो । यस्तो मानसिकताले आगामी दिनमा धुलिखेल विकासमा धक्का पुग्न सक्छ कि भनेर यदाकदा सुनिएको थियो ।
सम्मेलनको उपलब्धि
सम्पन्न सम्मेलनले आधुनिक शिक्षाको विकासक्रम, नयाँ नवीनतम शिक्षा पद्धतिको विकासक्रम, शिक्षा क्षेत्रमा देखिएको समस्या आदिका विषयमा छलफल र सम्मेलनकोे महत्व, शिक्षा क्षेत्रमा देखिएको उपलब्धिको आदानप्रदान, शिक्षाविद् उपकुलपतिहरू बीचमा भातृत्व, सरसहयोग, गुणस्तरीय शिक्षाको विकास आदिको लागि यो सम्मेलन कोशेढुङ्गा सावित हुन पुग्यो भने काठमाडौंै विश्वविद्यालयबाट दीक्षित विद्यार्थीहरू उत्तर पूर्वीय विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययनका लागि जाग विशेष प्रकारको सुविधाजस्तो कि थानान्तर प्रमाणपत्र पेस गर्नुनपर्ने, विशेष छात्रवृत्ति प्राप्त गर्नेसम्मको सुविधा पाउनु अर्को महत्वपूर्ण उपलब्धि रह्यो । काठमाडौँ विश्वविद्यालयको योगालगायत अन्य कतिपय कोर्सहरू भारत र अन्य विदेशी विश्वविद्यालयमा संयुक्तरूपमा सञ्चालनमा रहेको र थप कोर्सहरू सञ्चालन गर्न सक्ने विषयमा छलफल भएको छ भने छोटो समयमै काठमाडौंै विश्वविद्यालय नेपाल र विश्वमा परिचित र विद्यार्थीहरूको पहिलो रोजाइमा पुगेको छ र पुग्नेछ । यसमा हाल काठमाडौँ  विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाको योगदान अतुलनीय र अविस्मरणीय रहने मेरो बुझाइ छ । (लेखकः कमर्सियल कानुनमा एलएलएम तहमा अध्ययनरत छन्)


क्याटेगोरी : बिबिध, बिशेष, विचार / ब्लग
ट्याग : #Page 1, #Page 4

तपाईको प्रतिक्रिया