Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपर्यटक : एक करोड पुग्न १६ वर्ष लाग्यो

पर्यटक : एक करोड पुग्न १६ वर्ष लाग्यो


काठमाडौं । ठलगभग तीन वर्ष लामो विश्व कोरोना महामारी कालपछि सन् २०२३ मा नेपालमा अपेक्ष गरेभन्दा बढी विदेशी पर्यटकहरू गर्न भ्रमणमा आएका छन् । सन् २०२३ मा १० लाख १५ हजार विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका छन् । जुन संख्याले हामीलाई धेरै खुसी तुल्याएको थियो र छ । अर्थात् सन् २०२३ मा सहजै १० लाख विदेशी पर्यटकको संख्या नाघ्यो । पर्यटन विभागको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या १० लाख १४ हजार आठ सय ७४ जना पुग्यो ।

त्यसो त नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याकै कुरो गर्दा सन् २०१९ मा हालसम्मकै धेरै संख्यामा विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । तथ्याङ्कअनुसार सो वर्ष ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै, गरेर सन् २०१८ मा चाहिँ ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकहरूले नेपालको भ्रमण आएका थिए । स्मरण रहोस्, सन् २०१८ मा नेपाल भ्रमण गर्न आएको ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकहरूको संख्या भनेको अघिल्लो वर्ष अर्थात् सन् २०१७ को तुलनामा २४ दशमलव आठ प्रतिशतले बढी संख्या रहेको थियो । त्यस्तै, गरेर सन् २०१७ मा चाहिँ नौ लाख ४० हजार दुई सय १८ जनाले विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । यो भनेको सन्् अघिल्लो वर्ष अर्थात् सन् २०१६ को तुलनामा २४ दशमलव आठ प्रतिशतले बढी संख्या रहेको थियो । रोचक के छ भने नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या वृद्धिदर सन् २०१७ र सन् २०१८ मा बराबर रहेको थियो ।

त्यस्तै, गरेर सन् २०१६ चाहिँ सात लाख ५३ हजार दुई जना विदेशी पर्यटकहरूले मात्रै नेपालको भ्रमण गरेका थिए भने यो संख्या भनेको सन् २०१५ को तुलनामा माइनस शून्य दशमलव नौ प्रतिशतले कमी रहेको थियो । त्यस्तै, सन् २०१५ मा चाहिँ केवल पाँच लाख ३८ हजार नौ सय ७० जना विदेशी पर्यटकहरूले मात्रै नेपाल भ्रमण गरेका थिए । त्यसको खास कारणचाहिँ नेपालमा भूकम्प जानु र भारत सरकारले नेपालमाथि नाकाबन्दी लगाउनु रहेको थियो । हुन पनि सो वर्ष ठूलो पैमानामा नेपालमा विदेशी पर्यटकको आगमन दरमा कमी आयो । अर्थात् एकैचोटि लगभग एक तिहाइले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या घटेको थियो । हुन पनि तथ्याङ्ककै आधारमा भन्नुपर्दा सन् २०१५ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या सन् २०१४ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तुलनामा माइनस ३१ प्रतिशतले कमी रहेको थियो । उता, सन् २०१४ मा भने सात लाख ९० हजार ९२ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए भने सो संख्या सन् २०१३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याको तुलनामा शून्य दशमलव नौ प्रतिशतले मात्रै कमी रहेको थियो । त्यस्तै, गरेर सन् २०१३ मा चाहिँ सात लाख ९७ हजार छ सय १६ जना विदेशी पर्यटकहरूले नेपालको भ्रमण गरेका थिए । यो तथ्याङ्क हेर्दाखेरि सन् २०१३ र सन् २०१४ मा (दुई वर्ष नै) लगभग हाराहारी संख्यामा विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । तर सन् २०१२ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको संख्यासँग तुलना गरेर हेर्दाखेरि शून्य दशमलव सात प्रतिशतले कमी नै रहेको थियो । तथ्याङ्कअनुसार सन् २०१२ मा आठ लाख तीन हजार ९२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो भनेको सन् २०११ को तुलनामा नौ दशमलव एक प्रतिशतले बढी रहेको थियो । त्यस्तै, गरेर सन् २०११ मा सात लाख ३६ हजार दुई सय १५ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । यो संख्या भनेको सन् २०१० को तुलनामा २२ दशमलव एक प्रतिशतले बढी रहेको थियो । सन् २०१० मा चाहिँ पाँच लाख दुई हजार आठ सय ६७ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए भने सन् २००९ मा पाँच लाख नौ हजार नौ सय ५६ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । तथ्याङ्कअनुसार यो भनेको सन् २००८ को तुलनामा एक दशमलव नौ प्रतिशतले बढी संख्या रहेको थियो । त्यस्तै, गरेर सन् २००८ मा चाहिँ पाँच लाख दुई सय ७७ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो तथ्याङ्क भनेको सन् २००७ को तुलनामा माइनस पाँच प्रतिशत रहेको थियो । जे होस्, यसरी नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तथ्याङ्क हेर्दाखेरि सन् २००८ देखि सन् २०२३ को १६ वर्ष लामो अवधिमा बल्ल एक करोड संख्या नाघेको देखिन्छ । अर्थात् १६ वर्ष लामो अवधिमा बल्ल नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या एक करोड तीन लाख ८३ हजार पुगेको देखिन्छ ।

जबकि हाम्रो देशका निजी क्षेत्रका पर्यटन व्यवसायीहरू र सरकारले नै विगत १२–१३ वर्षदेखि वार्षिकरूपमा कम्तीमा १०, १२ लाख, १५ लाख, २० लाख विदेशी पर्यटक ल्याउने भनी घोषणा गर्दै आएको देखिन्छ, लक्ष्य लिएको देखिन्छ । अझ राजनीतिक दल र तिनका नेताहरूले त पत्याउनै नसकिने गरी वार्षिक २५ लाख, ३० लाख, ३५ लाख, ४० विदेशी पर्यकटहरू नेपाल भित्र्याउने भनी सार्वजनिकरूपमा भाषण गर्ने गर्छन्, चुनावी घोषणापत्रमा लेख्ने गर्छन् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x