Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविद्यार्थीहरुलाई परीक्षा स्थगितको अवसर

विद्यार्थीहरुलाई परीक्षा स्थगितको अवसर


पोसकान्त पोखरेल

यहि चैत ६ गतेबाट सञ्चालन हुने भनिएको एसईई परीक्षा कोरोना भाईरस (कोभिड–१९) को कारण एकाएक स्थगित भयो । शिक्षा मन्त्रालयले अघिल्लो दिन साँझ सूचना जारी गरेर एसईई परीक्षा स्थगित भएको जानकारी गरायो । शिक्षा मन्त्रालयले परीक्षा स्थगित गरेसँगै सामाजिक सञ्जालहरुमा शब्दको लडाई चल्यो । सबैले आ–आफ्नै तरिकामा अथ्र्याए । कसैले सरकारले राम्रो ग¥यो भने कसैले विद्यार्थीको भविष्य माथि खेलवाड भयो भने । जसले जे भनेर जसरी व्याख्या गरेपनि सरकारले ५ गते साँझ गरेको निर्णय जनताकै सुरक्षाका भएको प्रष्टिंदै गएको छ । आलोचनालाई त केवल देखावटी रुपको एउटा उदाहरण पनि बनाईन्छ । विशेष गरेर सामाजिक सञ्जालमा भएको राजनीतिक पक्षधरहरुको शब्दको लडाई विद्यार्थीहरु माथिको व्यङ्ग्य हो । त्यसले सरकारलाई भन्दा अभिभावक र विद्यार्थीलाई बढी असर पारेको छ । आफ्ना आफ्ना राजनीतिक सर्मथकलाई समर्थन गर्नुलाई गलत रुपमा अथ्र्याउन मिल्दैन । तर सही कामलाई गलत भनेर विवाद निम्त्याउन कानूनले पनि छुट दिएको छैन । जसको जस्तो क्षमता भयो त्यसले त्यही रुपमा देखे र त्यही शैली मै लेखे । कुरो र कुलो जतापनि जान्न भन्ने पुरानो चलनलाई स्मरण गरायो अरु कुनै उपलब्धि हुन सकेन ।

एसईई परीक्षा त स्थगित भयो । त्यो बाहेक सरकारले कक्षा ११ र १२ को परीक्षा पनि स्थगित गरेको छ । यतिबेला अर्थात वर्तमानकोसंक्रमणकालिन समयमा सञ्चालन हुने सबै परीक्षाहरु स्थगित भएका छन् । परीक्षा स्थगित सँगै विद्यार्थी र अभिभावकहरुमा चिन्ताको विषय बनेको छ । अब भविष्यमा धक्का लाग्ने भयो भनेर । मेरो विचारमा परीक्षा स्थगितले भविष्य मै धक्का लाग्छ जस्तो लाग्दैन । हो, ढिलोले केही समय पछाडी धकेलेपनि लम्किएका पाईलाहरुमा ब्र्रेक लाग्ने अवस्था आउँदैन । बरु समयको महत्वलाई बुझेर अध्यनमा जोड दिने हो भने प्राप्ताङ्क बृद्धिको लागि ठुलो अवसर हो । सारा विश्वलाई महामारीले हलचल गराएको समयमा परीक्षा स्थगित हुनुलाई नराम्रो दृष्टिकोणले हेरिनु गलत हुन्छ । त्यसमा पनि एसईईका मिहेनती परीक्षार्थीहरुलाई परीक्षा स्थगित हुनुलाई ग्रेड बृद्धिकोलागि सुनौलो अवसर पनि हो ।

एसईईका परीक्षार्थीहरुलाई मध्यनजर गर्दै सञ्चार माध्यमहरुमा विभिन्न खालका कक्षाहरु सञ्चालन हुँदै आएका छन् । रेडियो, टेलिभिजन, सामाजिक सञ्जालहरुमा सञ्चालन भैरहेका कक्षाहरुले विद्यार्थीका समस्याहरु समाधान गर्न धेरै अवसर प्रदान गरेको छ । अध्यनलाई स्मरण गर्न र नयाँ सिकाईका लागि पनि उक्त कक्षाहरुले प्रभावकारी भूमिका खेल्न मद्दत गर्ने देखिन्छ । विद्यार्थीको भविष्य प्रति राज्य नै चिन्तित भएर लागेको समयमा विद्यार्थीहरुले आत्मबल घटाउनु भन्दा आत्मबल बढाएर शैक्षिक स्तर बृद्धिको लागि अध्यनलाई जोड दिनुनै बुद्धिमानी कार्य हो । राम्रो सँग अध्यन गर्ने मिहेनती विद्यार्थीलाई एक, दुई, तीन महिना पछि परीक्षा भएपनि ढिलोले केही असर गर्दैन तर मिहेनत नगर्ने स्कुलको भरमा बस्ने विद्यार्थीहरुलाई मुख्य समस्या पार्न सक्ने देखिन्छ । घर बसेर पनि नपढ्ने, स्कुल पनि बन्द हुँदा पढेको सबै विर्सने अवस्था हुन सक्छ । हुने विरुवाको चिल्लोपात भनेझै पढ्ने र लगनशील विद्यार्थीलाई अभिभावकहरुले वास्ता गरे नगरे पनि अध्यन मै तल्लिन हुन्छन् । तर बावु आमाको लागि पढिदिएको जस्तो गर्ने अटेरी विद्यार्थीहरुलाई सम्हाल्न अलि मुस्किल हुन्छ । त्यसमा पनि बुवा घरमा भएका बालबच्चाहरुले अलि डर मान्दछन् । बुवा घरमा नभएका बच्चाहरुले आमालाई अलि कम टेर्ने संस्कारको कारणले धेरै वालबालिकाहरु आमाले लगाएको काम पनि राम्रो सँग नगरेर जोडतोड गरेका उदाहरणहरु हाम्रो गाउँ समाज र छरछिमेकमा नभएका होईनन् प्रसस्तै छन् ।

वास्तवमा किशोर अवस्था भनेको चनचले अवस्था हो । पुरानो कथनलाई मान्ने हो भने यो समयमा कुकुरको पुच्छर बाङ्गो देखेपनि हाँसो लाग्छ रे । हरेक कुराहरुले मनमा छिटो प्रभाव पार्ने हुँदा यो उमेरका केटाकेटीहरुको विशेष ख्याल राख्नु पर्छ । अहिलेको अवस्थामा बालबालिकाहरु पथ विर्सिए भने जिन्दगी भरीसमस्या उत्पन्न हुन्छ । कसो गर्दा उनीहरु सहिबाटो पहिल्याउन सक्छन् भनेर त्यसको विशेष ध्यान दिनु अभिभावकको कर्तव्य तथा जिम्मेवारी हो । बच्चा कहाँ जान्छ, के गर्छ, कस्ता कस्ता साथीभाईहरुको संगत गरेको छ । कत्तिको अध्यन गर्छ । दैनिक व्यावहारमा के कस्ता परिवर्तनहरु आएका छन् । समयमा खान्छन्, खाँदैनन् । कुनैदिन कम खाए किन कम खाए, जस्ता कुराहरुमा अभिभावकहरुले नै ध्यान दिनु पर्दछ । विद्यालय त केवल ज्ञान लिने ठाउँ हो । विद्यालयमा विद्यार्थीहरुलाई ज्ञान दिएर अनुशासनमा बस्न सिकाईन्छ । विद्यालयमा विद्यार्थीको कमीकमजोरीको बारेमा शिक्षकहरुले सम्बन्धित अभिभावकहरुलाई जानकारी गराउने शैक्षिक संस्थाहरुको पछिल्लो अभ्यासले केहीहद सम्म विद्यार्थीहरुलाई अनुशासित र मयार्दित बनाउन अहमभूमिका खेलेको छ । यदि विद्यालयहरुले आफ्ना बच्चाहरुको बारेमा केही भनेनन् भने स्वम् अभिभावक विद्यालय गएर बुझ्नु बच्चाको भविष्यलाई समुज्वल बनाउने एउटा आधार हो ।

बच्चा भर्ना गर्ने बेला हामी विद्यालयहरु छानीछानी हिड्छौं त्यो केहीहद सम्म राम्रो भएतापनि केही हद सम्म नराम्रो पनि छ । राम्रा र उत्कृष्ट कहलिएका विद्यालयहरुले विद्यार्थीहरु छनोट गरेर लिन्छन् त्यो उनीहरुको लाचार पन हो । उनीहरुले कमजोर विद्यार्थीलाई लिनै चाहन्नन् । कमजोर विद्यार्थीलाई लिंदा उनीहरुको प्रतिफल राम्रो आउँदैन भन्ने गलत संस्कारले जरा गाडि सकेको छ । सक्षम, स्मण क्षमता बढी भएका धनाढ्य अभिभावकका बच्चाहरुलाई लिएर चर्चामा रहेका केही विद्यालयहरुले नतिजा देखाएर राम्रो विद्यालय भन्दै अभिभावकहरुलाई लुटिरहेका छन् । समग्रमा भन्नु पर्दा निजी विद्यालयहरुको शैक्षिक नतिजामा उलेख्य राम्रो भएतापनि कमजोर आर्थिक पारिवारिक बातावरण भएका अभिभावकहरुले पढाउने सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुको शैक्षिक अवस्था कमजोर छ । लगानी कम हुने हुँदा सामुदायिक विद्यालयमा अध्यन गराएका अभिभावकहरुले बालबच्चाहरुको अध्यन अध्यापनमा त्यति धेरै समय दिएको पाईदैन । भने केही शिक्षकहरु विद्यार्थीहरुको अध्यन अध्यापनमा बढी चिन्तितबन्न नसक्नु पनि कमजोर नतिजाको अर्को उदाहरण हो ।

कोरोना भाईरसको महामारीमा रोमलिएको विश्वमा अहिले सबै शैक्षिक संस्थाहरु बन्द भएका छन् । कक्षा १० सम्मका परीक्षाहरु सम्पन्न भएतापनि अन्य स्तरका यो समयमा हुने परीक्षाहरु सबै बाँकी छन् । विश्वका मानिसहरु सबै एकान्तबासमा बसेकोले यतिबेला घर भित्रै सबैजना फुर्सदिला भएका छौं । सबैले आ–आफ्नै तरिकाबाट दिन कटाउँदै सक्रमण अन्त्य भै पहिला जस्तै सामान्य जिवनको प्रतिक्षा गरेर झ्यालबाट बाहिर चिहाई रहेका छौं । हाम्रा बालबच्चाहरु पनि हामी सँगै दिनभर रमाउने अवसर पाएका छन् । हुनत चिन्ता गर्ने समय भएता पनि चिन्ता गर्दैमा समस्याको समाधान हुन्छ भन्ने छैन । नपर्नु आपत परिहाल्यो सबैले हाँसि खुशी सरकारले निर्देशन गरेका कुराहरु पालना गर्नुको विकल्प हामी सँग छैन । भाईरस संक्रमणबाट जनतालाई बचाउनु सरकारको काम भएकोले जनतालाई बचाउन सरकार लागि परेको छ । सुरक्षाकर्मी सुरक्षा गर्न, स्वास्थ्य कर्मीहरु स्वास्थ्य राख्न र सञ्चारकर्मीहरु सूचना तथा समाचारको प्रवाह गर्न ज्यानकै बाजी राखेर मैदानमा उत्रिएका छन् । अरुका कामहरु हेरेर हामी पनि यो समयमा आफ्ना बालबच्चाहरुको अध्यन अध्यापनमा लागौं । बालबच्चाहरुको हिजोको स्मरणलाई ताजै राख्दै नयाँ सिकाईको लागि अभ्यास गराऔं । जुन अभ्यासले संक्रमणकालिन अवस्थाबाट गुज्रिंदापनि भविष्य प्रति कुनै असर नपरोस । बालबच्चाहरुले पनि अहिले अध्यन गरेको भविष्यलाई काम लाग्ने बौद्धिक सम्पत्ती भएको बुझ्नु जरुरी छ । बुवाले कमाईदिएको सम्पत्ती दिदी–बहिनी, दाजु–भाईको विहे गर्दा पनि सकिन सक्छ । बच्यो भने त्यही सम्पत्तीबाट दाजुभाईलाई अंशवण्डा गर्दा सकिन्छ । बुवाले जोडेजति सम्पत्ती जिवनभर दुःख गर्दा पनि नजोडिन सक्छ । तर अहिले आर्जन गरेको शिक्षा भविष्यमा कसैलाई वाँडफाँड गर्नु पर्दैन । त्यो आफैलाई काम लाग्छ । अहिले आर्जन गरेको बौद्धिक सम्पत्तीले भोलिका दिनहरुमा भौतिक सम्पत्ती जोड्नको लागि ठुलो सहयोग पु¥याउँछ । त्यसैले पढाई सबै भन्दा ठुलो कुरा हो । अहिले बरालिएर अध्यनमा ध्यान नदिने हो भने भोलीका दिनहरुमा पछुतो बाहेक केही रहँदैन । त्यसैले आजको सानो गल्तीबाट जिन्दगीभर पछुताउने काम नगरौं ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x