कोरोना संक्रमित ४५ पुगे सात जना डिस्चार्ज
काठमाडौं,बैशाख ११
बुधबार उदयपुरमा थप तीन जना कोरोना भाइरस कोभिड–१९ का संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका झुल्केमा रहेको मस्जिदमा बसेका र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको हो । ती अधिकांश भारतीय नागरिक छन् ।बुधबारसम्म कोरोना संक्रमितको संख्या ४५ पुगे पनि बुधबार नै थप दुई जना कोरोनाबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा काठमाडौंको टेकु अस्पतालबाट एक जना र धनगढीको सेती अस्पतालबाट एक जना गरी दुई छन् ।
यसअघि धनगढीबाटै दुईजना, काठमाडौंबाट दुई जना र बाग्लुङबाट एकजना डिस्चार्ज भएका थिए । उदयपुरमै मंगलबार ११ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । यसअघि १३ जनामा पुष्टि भएको थियो । यसअघि कोरोना पुष्टि भएका सबै भारतीय नागरिक हुन् । उनीहरु सबैलाई उपचारका लागि कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको छ ।उदयपुरको संक्रमणले नेपालमा कोरोना तेस्रो चरणमा पुगेको अनुमान गरिएको छ । विदेशबाट आउनेलाई कोरोना लागेको छ भने त्यसलाई पहिलो चरण, उनीहरुले आफ्नो सम्पर्कमा आएकाहरुलाई सर्नुलाई दोस्रो चरण र समुदायमा सर्नुलाई तेस्रो चरण भनिन्छ ।
यसैबीच, त्रियुगा नगरपालिकाको ३ नं वडालाई पूर्ण रूपमा सिल गरी त्यहाँका सम्पूर्ण नागरिकको आवातजावतलाई ठप्प गरी आवश्यक सामग्री जनप्रतिनिधिको सहयोगमा प्रहरीले उपलव्ध गराइएको छ । त्यहाँका सर्वसाधारण नागरिकले पनि बन्दाबन्दीलाई पूर्ण पालना गर्दै घरभित्र बसेर पूर्ण सहयोग गरिरहेका छन् । उक्त क्षेत्रमा बस्ने मुस्लिम समुदायका ५२ घरपरिवार र अन्य समुदायका थ्रोट स्वाब नमूना परीक्षण (पिसीआर) गर्ने कार्य द्रुतगतिमा भइरहेको छ । थ्रोट स्वाब लिएको नमूनाको (पिसीआर) परीक्षण विराटनगरको कोशी अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा भइरहेको छ । उदयपुर जिल्लामा प्रहरीले बन्दाबन्दीको पूर्ण पालना गराइनुका साथै अति आवश्यक सामग्री खरीद गर्न केही छुट दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया