Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न

नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न


काठमाडों,नेकपा माओवादी केन्द्र कंचनपुर(काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न भएको छ । शनिबार काठमाडौको कोटेश्वर स्थित हिमालय कलेजको बैठक हलमा भएको समन्वय समितिको पाँचौ भेलाबाट शिशिर पिकेको नेतृत्वमा २१ सदस्यीय कार्य समिती गठन भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा बिमला एस.के।,लक्ष्मी लम्साल, सचीवमा भुवन पार्की, सह-सचीवमा राजकुमारी बडायक र कोषाध्यक्षमा सुनिल चौधरी त्यस्तै सदस्यहरूमा निर्मला भट्ट,श्रीदेवी धानुक,कमला शाह,प्रकाश बोहरा,लक्ष्मी गौतम,दिपक खड्का,उमेश चौधरी,सुनिल रोकाया,धनबिर रावल,विजय चौधरी, महेश चौधरी,सुरज प्रकाश राना निर्विरोध चयन भएका छन् । १९ जनालाई भेलाले सर्वसम्मत रुपमा चयन गरेपनी २ जना मनोनित गरिने निर्वाचन अधिकृत राजेश खड्काूसमरू ले जानकारी दिए ।

मञ्चका पुर्व अध्यक्ष चन्द्रदेव भट्टको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथीमा केन्द्रिय सहसचिव डिलाराम आचार्य,विशिष्ट अतिथीमा राष्ट्रिय सभा सदस्य रेनु चन्द र राष्ट्रिय सभा सदस्य श्रीकृष्ण अधिकारी विवेक रहेका थिए। भने केन्द्रिय सदस्य्य पदमराज जोशी,केन्द्रिय सदस्य मोहनदेव बिष्ट, ट्रेड युनियन महासंघ केन्द्रिय सदस्य हरि लम्साल लगायतका व्यक्तिहरुको आतिथ्यता रहेको थियो । भने कार्यक्रमको सञ्चालन सम्पर्क समन्वय समितिका पुर्व उपाध्यक्ष बिमला चन्दले गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया