बजार परिसुचक १९ सय ६७ बिन्दुमा
नौं अंकले बढ्दा एक अर्ब १८ करोडको सेयर कारोबार
काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १७ दशमलव ५६ अंकले ओरालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार नौं दशमलव २४ अंकले उकालो लागेर १९ सय ६७ दशमलव ९७ बिन्दुमा कायम रहन पुुगेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५१ अंकले उकालो लागेर तीन सय ७४ दशमलव ९० बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज दुई सय ८४ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ५८ हजार सात सय ४१ पटकको कारोबारमा ४३ लाख २३ हजार २१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब १८ करोड ९९ लाख ३१ हजार तीन सय ८५ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएकोमा बैंकिङ समुह बाहेक सबै उपसमुहहरुको सुचक उकालो लागेका छन् । जसमध्ये सबै भन्दा बढी होटल तथा पर्यटन उपसमुहको ७८ दशमलव ९५ अंकले बढेको छ भने सबै भन्दा कम सामुहिक लगानी कोष उपसमुहको सुचक शुन्य दशमलव शुन्य पाँच अंकले बढेको छ ।
यि बाहेक बिकास बैंक २२ दशमलव ५५, फाईनान्स, १७ दशमलव ९६, जलबिद्युत, २८ दशमलव ८६, लगानी शुन्य दशमलव २३, जीवन बीमा ५२ दशमलव ४८, उत्पादमुलक १५ दशमलव ४३, लघुवित्त १७ दशमलव ९६, निर्जीवन बीमा ६१ दशमलव ८९, अन्य चार दशमलव ७७ र ट्रेडिङ २३ दशमलव ५२ अंकले उकालो लागेका छन् । बैंकिङ उपसमुहको सुचक भने आज शुन्य दशमलव शुन्य सात अंकले ओरालो लागेर १२ सय ३२ दशमलव १७ बिन्दुमा खुम्चिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया