काठमाडौं । नेपाल टेलिकमले बिहीबारदेखि लागू हुनेगरी ‘अटम अफर’ उपलब्ध गराउने भएको छ । यसअन्तर्गत कम्पनीले विभिन्न भ्वइस तथा डाटा अफरलाई अझ आकर्षक बनाएको छ ।
कम्पनीका अनुसार अनलिमिटेड अन–नेट भ्वाइस प्याकेजअन्तर्गत १३ रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने (अनलिमिटेड डे टाइम भ्वाइस) प्याकेज उपलब्ध हुनेछ । त्यसैगरी सोही अनलिमिटेड अन–नेट भ्वाइस प्याकेजअन्तर्गत १३ रुपैयाँमा नै बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म टेलिकमको नेटवर्कमा असिमित कुराकानी गर्न सकिने गरी (अनलिमिटेड नाइट टाइम भ्वइस) प्याकेज पनि उपलब्ध हुनेछ ।
अल नेट भ्वाइस प्याकअन्तर्गत १८ रुपैयाँमा १ दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा उपलब्ध हुनेछ । यसैगरी अल टाइम डाटा प्याकअन्तर्गत ९५ रुपैयाँमा सात दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २.५ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी आकर्षक सुविधासहितको फोरजी अल टाइम डाटा अफर, युट्युब र फेसबुक चलाउन सकिने सोसल मिडिया प्याक र स्टे कनेक्टेड अल टाइम अफर समेत उपलब्ध हुनेछ ।
कम्पनीले पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड छ सय ३६ प्याकेज प्रिपेड मोबाइलमा पनि उपलब्ध गराउने भएको छ । यसअनुसार छ सय ३६ रुपैयाँमा टेलिकमको नेटवर्कमा अनलिमिटेड भ्वइस, एक सय ५० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) भ्वाइस, दुई सयवटा सबै नेटवर्कमा एसएमएस र नौ जीबी डाटासहितको प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज २८ दिनसम्म चलाउन सकिनेछ । साथै कम्पनीका सेवाग्राहीले ‘नेपाल टेलिकम’ एप डाउनलोड गरेर चलाउँदा एक जीबी डाटा बोनसको पमा उपलब्ध हुनेछ । सो डाटा तीन दिनसम्म प्रयोग गर्न सकिनेछ ।
अटम अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि स्टार १४१५ स्टार १ ह्याक्स डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
- एनसेलको ‘सधैं अन’ नामक आकर्षक योजना
- द नेपाल डिस्टिलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडक बत्ती जडान
- माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बीमाको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंकलाई ‘बेस्ट बैंक अवार्ड’
- शुन्य दशमलव ७९ अंकले उक्लियो सेयर बजार
- सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले प्राप्त गरे विश्वासको मत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया