काठमाडौं । विवाईडी अटो प्रा.लि.को नेपालका लागि आधिकारिक वितरक साइमेक्स ईं. प्रा. लि.ले काठमाडौंमा विवाइडी सिटी स्टोरको शुभारम्भ गरेको छ । विद्युतीय सवारीसाधनमा विश्वव्यापी नेतृत्व गर्ने विवाइडीको नेपालमा मात्रै १२ वटा बिक्रेताहरुको नेटवर्क रहेको र छिट्टै अन्य स्थानमा पनि विस्तारको योजनामा रहेको बताइएको छ ।
विवाइडीका विद्युतीय सवारीसाधनलाई धेरैभन्दा धेरै ग्राहकहरु माझ पु-याउने लक्ष्य सहित घटस्थापनाका दिन काठमाडौंको सोल्टीमोडमा भव्य समारोहका बीच यो नयाँ विक्री केन्द्रको उद्घाटन गरिएको हो । सो केन्द्रको प्रतिनिधिसभा सदस्य बिराजभक्त श्रेष्ठले शुभारम्भ गरेका थिए । कार्यक्रममा साइमेक्स कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक यमुना श्रेष्ठले यस क्षेत्रमा अग्र र उच्च गुणस्तरका विद्युतीय सवारीसाधनको प्रदर्शनी र प्रवर्द्धनमा यो शोरुमले उल्लेखनीय भूमिका खेल्ने बताइन् । विद्युतीय सवारीसाधनका सम्भावित ग्राहकको सेवा र सुविधाका लागि यो शोरुम अत्याधुनिक सुविधा, चार्जिङ स्टेशन, आकर्षक डिस्प्ले र तालिम प्राप्त र ग्रहकका सेवामा समर्पित कर्मचारीहरुबाट सुसज्जित रहेको कम्पनीको भनाइ छ ।
यसैगरी साइमेक्सले विवाइडी अट्टो थ्री, विवाइडी डल्फिन वा अल न्यु विवाइडी ई–६ मध्ये कुनै पनि विवाइडीका सवारीसाधन खरिद गर्ने योजनामा रहेका ग्राहकहरुका लागि सरल एक्सचेन्ज सुविधाका साथमा फाइनान्सका विकल्पहरुको प्रस्ताव लिएर आएको जनाएको छ । दिगो विकास र प्रविधिमा यस नेपालीको बढ्दो अभिरुची सङ्गै विवाइडीले हरित भविष्यको सुनिश्चित गर्दै यस क्षेत्रमा विद्युतीय सवारीसाधनको द्रुत विस्तार र वितरणको योजना लिएर आएको हो ।
क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया