एनआईसी एसिया लघुवित्तको प्रहरी चौकीलाई फलैँचा सहयोग
काठमाडौं । मोरंगको रतुवामाई नगरपालिका बडा नम्बर ९ मा रहेको एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले इटहरा प्रहरी चौकीलाई दुई थान रेडिमेड फलैंचा वितरण गरेको छ । इटहरा प्रहरी चौकीमा आज एक औपचारिक कार्यक्रमका बीच सो फलैैंचा हस्तान्तरण गरिएको हो । त्यसैगरी सोही कार्यक्रममा दिपक सप्लायर्सले एक थान बायोस्याण्ड फिल्टर चौकीलाई उपलब्ध गराएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआईसी एसिया लद्युवित्त वित्तीय संस्था शाखा कार्यालय इटहराका प्रमुख मुरारी लम्सालले यस प्रकारको सामाजिक कार्य आफ्नो संस्थाले पहिलो पटक गरेको नभई यस अगाडि पनि गर्दै आएको बताए ।कोरोना महामारीका बेला सदस्यहरूलाई निःशुल्क मास्क र सेनिटाइजर वितरण गरेको कुरा मल्सालले स्मरण गराए । उनले विपन्न परिवारलाई कम्मल वितरणजस्ता विपन्नमुखी कार्यक्रमहरू सञ्चालन गरिसकेको बताउँदै आगामी दिनमा सामाजिक हितका कार्यक्रमहरू अझ प्रभावकारी ढंगबाट सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै इटहरा प्रहरी चौकीका इन्चार्ज रामकुमार माझीले एनआईसी एसियाप्रति आभार प्रकट गरे । छलफलमा आएका सर्वसाधारणलाई बस्न ठाउँ अभाव भइरहेका बेला एनआईसी एसियाले वितरण गरेको फलैंचाले थप टेवा पुग्ने उनको विश्वास छ । कार्यक्रममा सहभागीवक्ताहरूले एनआईसी एसियाको कार्यप्रति खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रम इलाका प्रहरी कार्यालय सिजुवाका प्रमुख दिपक खरेल, रतुवामाई ९ का वडाध्यक्ष इन्द्रबहादुर लिम्बु, वडासदस्य तारा भण्डारी, इटहरा प्रहरी चौकीका इन्चार्ज रामकुमार माझीलगायत अन्य प्रहरी जवानहरू, रतुवामाई मानव अधिकार समूहका अध्यक्ष तेजप्रसाद भण्डारी,एमाले नेता मेघनाथ शर्मा कट्टेल, सामाजिक अभियन्ता प्रकाश कार्की, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था कोशी प्रदेश प्रमुख सम्राट कटुवाल, उर्लाबारी शाखाका प्रमुख केशवराज जोशी, इटहरा शाखा प्रमुख मुरारी लम्साल, कर्मचारी जालपा खड्का, रीतादेवी न्यौपाने र स्थानीयवासीको सहभागितामा सम्पन्न भयो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया