सानिमा बैंकको शाखा स्याङ्जाको पुतलीबजारमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले बुधबार स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रबद्र्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बैंकका सञ्चालक, रमेशकुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत, निश्चलराज पाण्डेले संयुक्तरूपमा गरेका हुन् ।
उद्घाटन समारोहमा मदनकृष्ण श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैककोरूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका सञ्चालक, रमेशकुमार पोखरेलले सानिमा बैंकलाई विश्वास गरी सबल अनि विश्वसनीय बैंकको रूपमा स्थापित हुन सहयोग गर्ने बंैकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले स्याङ्जा जिल्लामा शाखा स्थापना गरेर बैंकले स्थानीय ग्राहकहरूलाई विश्वसनीय एवम् स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरी यस कार्र्यक्रममा सम्पूर्ण स्याङ्जावासीको सहयोग र साथ पाउने विश्वास व्यक्त गरे । बैंकको हाल देशका सातै प्रदेशमा एक सय ३३ वटा शाखा कार्यालय र एक सय २३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सुर्खेत जिप दुर्घटना अपडेट : चार जनाको मृत्यु, दुई घाइते
- विपिन जोशीसहित सबै एक सय २५ जनाको रिहाइको माग
- दोस्रो पटक प्रयास गर्दा पनि अमेरिकाले दिएन सन्दीपलाई भिसा
- ‘औपचारिक शिक्षा नपाएकालाई सीपमूलक तालिम प्रभावकारी हुने’
- एक महिनादेखि खानेपानीको अभाव: होटल व्यवसायी मर्कामा
- काठमाडौँ उपत्यकाको आजको तापक्रम ३३ डिग्री
- दुई हजार ६९ बिन्दुमा खुम्चियो सेयर बजार
- गणतन्त्रप्राप्तिपछि मुलुकको विकासले गति लिएको छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया