युनाइटेड इन्स्योरेन्सद्वारा सेजनका सदस्यहरूको कोरोना बीमा
काठमाडौँ जेठ ८
युुनाइटेड इन्स्योरेन्स कम्पनीले नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा आबद्ध आर्थिक पत्रकारहरूको कोरोना बीमा गरेको छ । सेजनले आफ्ना प्रत्येक सदस्यहरूको ५० हजार रूपैयाँबराबरको बीमाङ्क रकमको कोरोना बीमा गराएको छ । बीमापछि सेजनमा आबद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरूलाई कोरोनाले पर्ने आर्थिक व्ययभारमा कम जोखिम हुनेछ ।
युनाइटेड इन्स्योरेन्सले यस बन्दाबन्दीको अवधीमा डिजिटल प्रविधिको माध्यमबाट बीमा सेवा प्रवाह गरिरहेको जनाएको छ । कम्पनीका अनुसार, हाल आफ्नो २९ वटै शाखा कार्यालयमार्फत मोटर, बीमा अग्नी बीमा, इन्जिनियरिङ बीमा, कृषि तथा पशुपन्छी बीमालगायतका बीमा लेखहरू जारी गर्दै आएको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार करोड २६ लाख छ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा सात करोड ५५ लाख १३ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब दुुई करोड ८१ लाख ६० हजार रूपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी पाँच रूपैयाँ ५३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ दुुई सय २७ रूपैयाँ २३ पैसा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया