Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारतीनवटा लघुवित्त संस्थाहरू मर्ज हुुने

तीनवटा लघुवित्त संस्थाहरू मर्ज हुुने


काठमाडौं, जेठ १२
सञ्चालनमा रहेका ८९ वटा लघुवित्त वित्तीय संस्थाहरू तीनवटा संस्थाहरू मर्जरमा जाने भएका छन् । मोरङमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाहरूले सल्भ लघुवित्त वित्तीय संस्था र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्था समेतलाई मर्ज गरी जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकै नाउँबाट एकीकृत कारोबार सञ्चालन गर्ने तयारी गरेको हो ।

मर्जरको लागि जीवन विकास लघुवित्तले यही जेठ २५ गते विशेष साधारणसभाको आह्वान गरेको छ । सभाले थप दुईवटा संस्थालाई आफूमा गाभेर जीवन विकास लघुवित्त वित्तीय संस्थाको नाउँबाट एकीकृत कारोबार सञ्चालन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक संस्थाले मर्जरको लागि सेयर स्वाप रेसियो तोक्ने लगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ । एकीकृत कारोबारपश्चात् जीवन विकास लघुवित्तको चुक्ता पुँजी २० झण्डै २० करोड रूपैयाँको हाराहारीमा पुग्नेछ ।

हाल जीवन विकास लघुवित्तको चुक्ता पुँजी १४ करोड रूपैयाँ रहेको छ भने सल्भ लघुवित्त वित्तीय संस्थाको चार करोड २० लाख र गरीबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी एक करोड ४० लाख रूपैयाँ रहेको छ । सो मध्ये जीवन विकास लघुवित्तले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २७ करोड २५ लाख ३२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ५७ लाख ५७ हजार रूपैयाँ रहेको थियो ।

चुक्ता पुँजी १४ करोड रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच अर्ब ६३ करोड २५ लाख ९५ हजार रूपैयाँ निक्षेप संकलन गरी १० अर्ब ७० करोड ३० लाख ३४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६३ करोड ६९ लाख ५६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ११ करोड ८७ लाख एक हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ३० प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले चार अर्ब ४९ करोड ६८ लाख ९४ हजार रूपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ७० करोड ४१ लाख ९० हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ८७ लाख २४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३० लाख २३ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ७४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x