श्रम आप्रवासन नीतिको प्रारम्भिक मस्यौदामाथि छलफल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम आप्रवासन नीतिको प्रारम्भिक मस्यौदामाथि सरोकारवाला निकाय र व्यक्तिसँग सुझाव सङ्कलनका लागि अन्तरक्रिया गरेको छ । मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा श्रममन्त्री शरतसिंह भण्डारीले आन्तरिक र बाह्य रोजगार मर्यादित बनाउनका लागि पहलकदमी लिन सरकारले उक्त नीति बनाउन लागेको बताए । साथै उनले आन्तरिक तथा बाह्य आप्रवासन समस्यालाई व्यवस्थित गर्न तदारुकताका लागि र आगामी पञ्चवर्षीय योजनामा रोजगार प्रवद्र्धनका लागि नीतिको आवश्यकता औंल्याए ।
कार्यक्रममा सचिव केवलप्रसाद भण्डारीले कार्यदलबाट आएका सुझाव समेटी मस्यौदालाई थप परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गर्दै नीतिमा स्वास्थ्य र सामाजिक सुरक्षालाई मूल आधार बनाउन मन्त्रालय प्रयत्नरत रहेको उल्लेख गरे । सो अवसरमा विभिन्न सरोकारवाला निकाय र व्यक्तिले मस्यौदाका विभिन्न प्रावधानमाथि आफ्ना धारणा र सुझाव दिएका थिए । श्रम मन्त्रालयले श्रमविज्ञ डा. गणेश गुरूङको संयोजकत्वमा श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन कार्यदल गठन गरेको थियो । कार्यदलले श्रम आप्रवासन नीतिबारे सरोकारवालासँग छलफल गर्न सुरु गरेको छ ।
क्याटेगोरी : बिबिध
ट्याग : #page 2
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया