साइमेक्स इंक नेपाल–चीन फ्रेन्डसिप फुटबल खेलको प्रायोजक
काठमाडौं । बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल–चाइना फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गरेको छ ।
चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा शनिबार दशरथ रंगशालामा आयोजित सो खेललाई कम्पनीले प्रयोजन गरेको हो । स्प्रिङ फेस्टिभल अर्थात् वसन्त पर्व समेत भनिने चाइनिज न्यु इयरको अवसरमा सो फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । बीवाईडी चाइनिज न्यु इयर कपमा चीनको किन्घाई युथ फुटबल टिम र नेपालको यु–२१ फुटबल टिमबीच प्रतिस्पर्धा भएको थियो । यस प्रकारको प्रतिष्ठित इभेन्टको मुख्य प्रायोजकको नाताले साइमेक्स इंक प्रालिले दुई देशबीचको गहिरो सम्बन्धलाई अझै बलियो बनाउन भूमिका खेल्ने जनाएको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #page 3
ताजा अपडेट
- किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा आउँदै
- हेटौँडामा सवारी दुर्घटनामा एकको मृत्यु
- थाम्बुचेत-काठमाडौँ प्रसारण लाइनमा ९६ प्रतिशत काम पूरा
- कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण
- सगरमाथा आरोहणको यो सिजन ‘लगभग सकियो’, कस्तो रह्यो ?
- स्वस्थ्यमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना
- गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप
- शिवशिखरका संचालक केदारनाथलाई ३३ अर्बको सम्पत्ति शुद्धीकरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया