विशाल ग्रुपले कब्जा गरेको २८ रोपनी जग्गा फिर्ताको माग गर्दै मोहन वैद्य क्रान्तिकारीद्वारा प्रदर्शन
काठमाडौं । विशाल ग्रुपले कब्जा गरेको २८ रोपनी जग्गा फिर्ताको माग गर्दै मोहन वैद्य निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) ३ नम्बर प्रदेश संगठन समितिले प्रदर्शन गरेको छ । आज सोमबार दिउँसो करिब २ बजेतिर समितिले काठमाडौं महानगरपालिका–५ मालिगाउँस्थित वृहस्पति विद्यासदन स्कुल अगाडि प्रदर्शन गरेको हो ।
नेपालको चर्चित व्यापारीक घराना विशाल ग्रुपले बाल मन्दिरको २८ रोपनी पाँच आना जग्गा लिजमा लिने नाममा अवैध रुपमा कब्जा गरेको र तत्काल फिर्ता गर्नु पर्ने जस्ता मागहरु राखी अखिल क्रान्तिकारीका प्रदेश नम्बर ३ का संयोजक उषाकिरण आजाद(कामी), केन्द्रीय सह–संयोजक विरेन्द्र शाह, त्रिवि विश्वविद्यलय संयोजक गोविन्द्र बिष्ट, केन्द्रीय सचिवालय संयोजक डम्बर शाहीलगायत करिब १५ जनाको उपस्थितिमा प्रदर्शन गरिएको थियो ।
उनीहरुले सरकारी सार्वजनिक जग्गा हडप्ने भूमाफिया मुर्दावाद, बृहस्पति विद्यासदन बन्द गर, सरकारी सार्वजनिक जग्गाको संरक्षण गरौँ, सम्पूर्ण देशभक्त नेपालीहरु एक हौँ, विशाल ग्रुप समझैता खारेज गर आदि लेखिएका प्लेकार्ड तथा ब्यानर बोकी नाराहरु गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
- जाहेरी दिएपछि कार्यान्वयन गर्न थप के–के गर्नुपर्छ महोदय ?
- संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत
- देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया