मल्टिपर्पस फाइनान्सको खुद मुनाफामा उच्च वृद्धि
काठमाडौं । मल्टिपर्पस फाइनान्सको खुद मुनाफा उच्चरूपमा बढेको छ । फाइनान्सले चालू आर्थिक वर्षको पछिल्लो अवधिमा एक करोड १२ लाख ४९ हजार पाँच सय ६३ रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा झण्डै एक करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा २३ लाख ३१ हजार छ सय नौ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी ६१ करोड दुई लाख रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा एक अर्ब ६० करोड २५ लाख पाँच हजार नौ सय ६७ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३३ करोड ८६ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड ८४ लाख २५ हजार तीन सय ४७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ५७ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले एक अर्ब ५३ करोड आठ लाख ७५ हजार पाँच सय ७६ रुपैँयाँ निक्षेप संकलन गरी एक अर्ब १८ करोड २५ लाख ४६ हजार तीन सय २९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ६६ लाख ८२ हजार नौ सय ३७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ३९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ७९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया