नेरुडे मिर्मिरे लघुवित्तको सेयर रजिस्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट नियुक्त
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नेपाल एसबीआई मचेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । आइतबार एक कार्यक्रमका बीच नेरुडे मिर्मिरे लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र नेपाल एसबीआई मर्चेन्टका तर्फबाट प्रबन्ध सञ्चालक एवम् प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । कार्यक्रममा दुवै संस्थाका उच्च पदस्त कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
सम्झौतापत्रअनुसार सेयर दाखिल खारेज, नामसारी, धितो बन्धक, अभौतिकीकरणलगायत सेयर रजिस्टे«सनसम्बन्धी सम्पूर्ण कार्यहरू गर्नका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, लेखनाथ मार्ग, ठमेल, काठमाडौंमार्फत आइतबारका दिनदेखि नै प्रारम्भ भएको छ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिई मिति २०८० फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्तको नामबाट राष्ट्रियस्तरको लघुवित्तको रूपमा एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
- काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
- पेट्रोलियम पदार्थको मूल्य घट्यो
- क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
- डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
- मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
- निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
- सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया