जोन्टा क्लब काठमाडौंद्वारा महिलाहरूलाई सम्मान
काठमाडौं । जोन्टा क्लब काठमाडौंले विभिन्न क्षेत्रका महिलाहरूलाई पुरस्कृत गरेको छ । क्लबले अन्तर्राष्ट्रिय महिला दिवस र ‘पहेँलो गुलाब दिवस’का अवसरमा आ–आफ्ना क्षेत्रमा अविस्मरणीय छाप छोडेका १० उत्कृष्ट महिलाहरूलाई सम्मानित गरेको हो ।
क्लबका अनुसार राजकुमारी हेलेन शाह प्रेरणादायक महिला वर्ष पुरस्कारबाट बन्दना राणा, अमर राण गेम चेन्जर पुरस्कारबाट सुनिता डंगोल, ज्योति छात्रवृत्ति पुरस्कारबाट सरिस्मा बस्नेत र प्रेरणा सापकोटा, इन्द्रकला छात्रवृत्ति पुरस्कारबाट खुसी श्रेष्ठ र दिप्ती गौतम सम्मानित भएका छन् । यसैगरी मैया श्रेष्ठ (फोटोग्राफर), सुनिता कोइराला (बाइक मेक्यानिक), यशोधरा थापा (पाइलट प्रशिक्षक) र रजनी श्रेष्ठ (बडी विल्डर) पनि सम्मानित भएका छन् ।
साथै, जोन्टा क्लब, काठमाडौंले हिंसाका शिकारहरूलाई कानुनी सेवा प्रदान गर्ने वकिलहरूको पहिचान र सम्मान पनि गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया