नयाँदिल्ली । भारतले सेमिकन्डक्टर चिप उत्पादनको प्रक्रियालाई तीव्रता दिएको छ । आगामी पाँच वर्षमा विश्वभर सबैभन्दा धेरै सेमिकन्डक्टर उत्पादन गर्ने देशहरुमध्ये पाँच नम्बरभित्र लक्ष्यका साथ उत्पादन बढाइरहेको छ ।
रेल्वे तथा सञ्चार मन्त्री अश्विनी वैष्णले आगामी पाँच वर्षमा भारत विश्वको शीर्ष पाँच सेमिकन्डक्टर उत्पादन राष्ट्र बन्ने लक्ष्यसहित अगाडि बढिरहेको बताए । मूल्य प्रतिस्पर्धा र आपूर्ति श्रृङ्खलाका कारण चिप उद्योग विश्वभर जटिल मानिन्छ ।
सेमिकन्डक्टर उत्पादनमा ताइवानले विश्वको उत्पादन क्षमताको करिब ४६ प्रतिशत हिस्सा ओगटेको छ । त्यसपछि चीनले २६ प्रतिशत, दक्षिण कोरियाले १२ प्रतिशत, अमेरिकाले छ प्रतिशत र जापानले दुई प्रतिशत बजार हिस्सा ओगटेको छ ।
अमेरिका र चीनबीचको तनाव बढ्दै गएपछि सेमिकन्डक्टर चिप उत्पादन गर्ने कम्पनीहरुले चीनमाथिको निर्भरता घटाउन खोजिरहेका छन् । यसको फाइदा भारतले लिन खोजिरहेको देखिन्छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
- काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
- पेट्रोलियम पदार्थको मूल्य घट्यो
- क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
- डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
- मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
- निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
- सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया