रेसिङ अटोमोबाइल्सको ‘८१ मा एक्कासी’ उपहार योजना
काठमाडौं । रेसिङ अटोमोबाइल्सले नयाँ वर्ष विक्रम संम्बत २०८१ को अवसरमा ‘८१ मा एक्कासी’ उपहार योजना ल्याएको छ । उपहार योजनाअन्तर्गत रेसिङ अटोमोबाइल्सले गाडी खरिद गर्ने हरेक ग्राहकलाई अप्रत्यासितरूपमा एक्कासी आइपर्ने दुर्घटना, स्वास्थ्य समस्याजस्ता आकस्मिकरूपमा जोखिमको रक्षावरण गरिदिने भएको हो ।
जोखिम रक्षावरण योजनाअन्तर्गत पहिलो तीन महिना (वैशाख, जेठ र असार) महिनामा सो अटोमोबाइल्समार्फत नयाँ तथा पुराना जुनसुकै गाडी खरिद गर्ने ग्राहकहरूले पनि साल २०८१ भरि एक वर्ष लागू हुनेगरी बीमा सुविधा प्राप्त गर्नेछन् । जसमा दुर्घटना बीमाअन्तर्गत २५ लाख रुपैयाँसम्मको बीमा रेसिङ अटोमोबाइल्सले गरिदिने भएको छ । त्यसैगरी, औषधी उपचार बीमाबापत जुनसुकै रोग र उपचारका लागि एक लाख रुपैयाँ बीमा समेत रेसिङ अटोमोबाइल्सले गरिदिने भएको छ । यो उपहार योजना प्राप्त गर्ने हरेक ग्राहकलाई कुनै गम्भीर प्रकृतिका रोग लागेमा थप एक लाख रुपैयाँको बीमा सुविधा समेत पाउने कम्पनीले जनाएको छ ।
उपहार योजना विशेष ग्राहकले थप अर्को वर्ष समेतका लागि प्राप्त गर्न सक्ने कम्पनीका अध्यक्ष रुद्र ढुङ्गेलले बताए । उनका अनुसार पहिलो तीन महिनामा कारोबार गर्ने कुनै ग्राहकले यो सालभर थप कारोबार गरेमा वा त्यस्ता ग्राहकको सिफारिसमा कुनै नयाँ कारोबार भएमा त्यस्ता ग्राहकको हकमा अर्को साल २०८२ को लागि पनि यस्तो जोखिम रक्षावरण (बीमा सुविधा) प्राप्त हुनेछ । आफ्ना ग्राहकको स्वास्थ्य र सुरक्षामा आफूहरूको चासो रहेकाले यो योजना तीन महिनाको लामो समयका ग्राहकको लागि उपलब्ध गराइएको उनको दाबी छ ।
सबै प्रकारका नयाँ तथा पुराना गाडीहरूको बिक्री वितरण गर्दै आएको रेसिङ अटोमोबाइल्स कलंकी भाटभटेनीदेखि दुई सय मिटर पूर्वतर्फ रेसिङ बजारमा रहेको छ । रेसिङ अटोमोबाइल्सले सुलभ मूल्यमा ग्राहकको रोजाइअनुसारका सबै प्रकारका नयाँ तथा पुराना गाडीहरू उपलब्ध गराएर गाडीका पारखी र आम ग्राहकबीच लोकप्रियता हासिल गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
- काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
- पेट्रोलियम पदार्थको मूल्य घट्यो
- क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
- डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
- मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
- निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
- सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया