काठमाडौँ, , जेठ २९
विश्वव्यापी रुपमा फैलिरहेको नोवल कोरोनाभाइरस महामारीको संकट अहिले नेपालले पनि व्यहोरिरहेको छ । गत चैत महिनामा तयारीको अन्तिम चरणमा पुगेर रोकिएको एसईई परीक्षा कोरोना महामारीकै डरकाकारण स्थगित हुन पुगेको थियो । स्थगित यो परीक्षा कहिलेसम्म हुने हो अझै एकीन हुन सकिरहेको छैन । मुलुकमा कोरोना महामारीका कारण संक्रमितको संख्या दिनप्रदिन बढदो अवस्थामा रहेकोले पनि एसईई परीक्षा कहिले हुने भन्ने अनिश्चितताको विषय बन्दै गइरहेको छ । यस्तो अन्योलपूर्ण अवस्थाका बीच पनि केही निजी विद्यालयहरुले विद्यार्थी भर्ना गर्न सुरु गरिसकेका छन् ।
नतिजा प्रकाशित भएपछि उत्तीर्ण विद्यार्थीका लागि सुरु गरिनुपर्ने ए लेभलको भर्नाका लागि फर्म भर्नुपर्ने म्याद निजी क्षेत्रद्वारा सञ्चालित रातोबंगला विद्यालयले एसईईको परीक्षा नहुँदै गत सोमबार सकिइसकेको छ । एसईईको परीक्षा नै नभएको वर्तमान अन्यौलपूर्ण अवस्थामा रातो बंगला विद्यालयको व्यवस्थापनले ए लेबलको भर्नाको लागि जुन ७ सम्मको म्याद दिएर केही दिनअगाडि सूचना निकालेको थियो । सोही सूचनाका आधारमा विद्यार्थीले ए लेबल अध्ययनको लागि फाराम पनि भरेका छन् । यसरी सरकारी नियमकानुनको ठाडो धज्जी उडाउँदै रातो बंगलाले नयाँ भर्ना लिएको विषय अहिले बुझ्नै नसकिने विषय बनेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
- एनसेलको ‘सधैं अन’ नामक आकर्षक योजना
- द नेपाल डिस्टिलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडक बत्ती जडान
- माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बीमाको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंकलाई ‘बेस्ट बैंक अवार्ड’
- शुन्य दशमलव ७९ अंकले उक्लियो सेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया