सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको उपलक्ष्यमा कार्यक्रम
काठमाडौं । सिद्धार्थ बैंकले पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकले वैशाख १० गते पृथ्वी दिवस २०२४ को अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने र वातावरणीय समस्याहरूको बारेमा सचेत गराइ भविष्यका पुस्ताहरूका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी पृथ्वी दिवस मनाएको हो ।
बैंकले यस दिवसको अवसरमा सरसफाई र चित्रकला प्रतियोगिताजस्ता कार्यक्रमहरू आयोजना गरेको थियो । बैंकले सरसफाई कार्यक्रमअन्तर्गत देशको सातै प्रदेशका कुल १५ विभिन्न सार्वजनिक स्थानहरूमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो । जसमा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । साथै, बैंकले बालबालिकाहरूलाई सानै उमेरमा प्लास्टिकले निम्त्याउने वातावरणीय चुनौतीहरूको बारेमा सचेत गराउने उद्देश्यले पृथ्वी दिवस २०२४ को नारा प्लानेट भर्सेक प्लास्टिकमा चित्रकला प्रतियोगिता समेत आयोजना गरेको थियो । यस्ता कार्यक्रमहरूले पृथ्वीमा दिनानुदिन बढ्दै गएको प्लास्टिकको प्रयोगका साथै प्रदूषणबाट पर्ने नकारात्मक असरको बारेमा जनचेतना फैलाइ जनमानसमा वातावरण स्वच्छ र सफा राख्न समेत प्रेरित गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
बैंकले देशैभरि फैलिएको आफ्ना एक सय ९६ वटा शाखा (पाँच वटा एक्सटेन्सन काउन्टरसहित), ७३ शाखारहित बैंकिङ सेवा र दुई सय २६ वटा एटीएममार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैं आप्mनो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य लिएको पनि बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया