Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवामा अनलाइनमार्फत कर्जाको आवेदन दिन सकिने

कामना सेवामा अनलाइनमार्फत कर्जाको आवेदन दिन सकिने


काठमाडौं, असार १८
कामना सेवा विकास बैंकमा अनलाइनमार्फत कर्जाको लागि आवेदन दिन सकिने भएको छ । बैंकका अनुसार असार १४ गते अर्थात् आइतबारबाट सुरु हुुनेगरी बैंकको वेबसाइटमार्फत अनलाइन कर्जा योग्यता मापन र आवेदन गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो । यससँगै अब ग्राहकले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा सेयर कर्जा, प्रोफेसनल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिक कर्जा लागि आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ ।

काठमाडौँं ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरूमा एक सय २३ वटा शाखा तथा ६४ वटा एटीएममार्फत ग्राहकलाई आफनो सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । साथै, बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी आश्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा ग्राहकलाई सुविधाहरू उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x