काठमाडौं ।
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आईतबार बजार परिसूचक चार दशमलव ७२ अंकले ओरालो लागेर १६ सय ४० दशमलव ९५ अंकमा झरेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४१ अंंकले ओरालो लागेर तीन सय २६ दशमलव ६३ अंंकमा झरेको छ ।
यसदिन कुल एक सय ९६ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ३७ हजार पाँच सय ९४ पटकको कारोबारमा एक करोड छ लाख २६ हजार पाँच सय १४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम दुई अर्ब ९३ करोड नौ लाख ३९ हजार सात रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये सात वटा समूहको सूचक ओरालो लागेर पाँच वटा समूहको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १४ दशमलव ५५ अंकले ओरालो लागेकर १३ सय २६ दशमलव ३७ अंकमा झर्दा विकास बैंक समूहको सूचक पनि छ दशमलव ९८ अंकले ओरालो लागेर २१ सय २८ दशमलव ९१ अंकमा झरेको छ ।
जीवन बीमा समूहको सूचक पनि सात सात दशमलव ४५ अंकले ओरालो लागेर नौ हजार सात सय ११ दशमलव ८५ अंकमा झरेकोमा उत्पादनमुलक समूहको सूचक पनि १५ दशमलव २१ अंकले ओरालो लागेर तीन हजार २८ दशमलव ५७ अंकमा झरेको छ । यी बाहेक होटल, फाइनान्स र सामुहिक लगानी कोष समूहको सूचक पनि क्रमश १५ दशमलव २९, दुई दशमलव १८ र शून्य दशमलव शून्य एक अंकले ओरालो लागेका छन् ।
जलबिद्युत समूहको सूचक भने यसदिन १९ दशमलव ३१ अंकले उकालो लागेर १४ सय नौ दशमलव २४ अंकमा चढेकोमा निर्जीवन बीमा समूहको सूचक पनि १० दशमलव ४५ अंकले उकालो लागेर आठ हजार ९१ दशमलव २५ अंकमा चढेको छ । यी बाहेक ट्रेडिङ, अन्य र लघुवित्त समूहको सूचक पनि क्रमश २४ दशमलव ३७, पाँच दशमलव ३६ र २९ दशमलव ४१ अंकले उकालो लागेका छन् ।
यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर एक सय ९८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशतले बढेर दुई सय ७५ रुपैयाँमा किनबेच भएको छ ।
यी बाहेक बेष्ट फाइनान्स, शिवश्री हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सानिमा इक्विटी फण्डको प्रतियुनिट सेयर मूल्य पाँच दशमलव ३० प्रतिशतले घटेर १० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको स्ट्यान्डर्ड चार्टर्ड बैकको सेयर मूल्य पनि तीन दशमलव ९५ प्रतिशतले घटेर छ सय ५६ रुपैयाँमा किनबेच भएको छ ।
यी बाहेक जनरल इन्स्योरेन्स कम्पनी, कर्णाली विकास बैंक आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन शिवश्री हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता एक सय ४५ रुपैयाँ अन्तिम मूल्यमा २३ करोड २७ लाख ७२ हजार नौ सय २५ रुपैयाँको सेयर किनबेच भएको छ ।
दोस्रो स्थानमा परेको अपी पावर लिमिटेडको पनि प्रतिकित्ता दुई सय ४० रुपैयाँ अन्तिम मूल्यमा १६ करोड ८७ लाख ६० हजार छ सय ९४ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया