काठमाडौं ।
सेयर बजार परिसूचक पुनः ओरालो लागेको छ । अघिल्लो दिन चार दशमलव ७२ अंकले ओरालो लागेको बजार परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार तीन दशमलव ३३ अंकले ओरालो लागेर १६ सय ३७ दशमलव ६३ अंकमा झरेको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३१ अंंकले ओरालो लागेर एक सय १४ दशमलव ४८ अंकमा झरेको छ । यसदिन कुुल एक सय ९७ वटा कम्पनीहरूको कारोबार भएको छ । जसबाट ३४ हजार चार सय ५३ पटकको कारोबारमा ६९ लाख ३७ हजार चार सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा कुुल कारोबार रकम दुुई अर्ब ४५ करोड ३९ लाख ५४ हजार छ सय ८८ रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार चारवटा समूहको सूचक ओरालो लागेका छन् भने बाँकी समूहको सूचक उकालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ११ दशमलव ६२ अंकले ओरालो लागेर १३ सय १४ दशमलव ७५ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि मूल्य दशमलव तीन अंकले ओरालो लागेर २१ सय २८ दशमलव ६१ अंकमा झरेको छ ।
जीवन बीमा समूहको सूचक पनि नौ दशमलव चार अंकले ओरालो लागेर नौ हजार सात सय दुुई दशमलव ४५ अंकमा झरेकोमा अन्य समूहको सूचक पनि तीन दशमलव २९ अंकले ओरालो लागेको छ । निर्जीवन बीमा समूहको सूचक भने २७ दशमलव २५ अंकले उकालो लागेर आठ हजार एक सय १८ दशमलव ५० अंकमा पुुगेकोमा जलविद्युुत् समूहको सूचक पनि शून्य दशमलव ५४ अंकले उकालो लागेर १४ सय नौ दशमलव ७७ अंकमा चढेको छ ।
यसैगरी फाइनान्स समूहको सूचक पनि तीन दशमलव ९६ अंकले उकालो लागेर आठ सय ६२ दशमलव २१ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि ६२ दशमलव तीन अंकले उकालो लागेर २६ सय ६५ दशमलव ५९ अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, होटल, उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ३४ दशमलव ५२, नौ दशमलव ३३, तीन दशमलव ८८ र शून्य दशमलव मूल्य एक अंकले उकालो लागेका छन् ।
यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलोे स्थानमा परेको विशाल बजार कम्पनीको सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले बढेर २१ सय २९ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सारथी नेपाल लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि नौ दशमलव ९५ प्रतिशतले बढेर नौ सय १७ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक गुराँस लघुुवित्त वित्तीय संस्था, शिवश्री हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको जनरल इन्स्योरेन्स कम्पनीको सेयर शून्य तीन दशमलव १४ प्रतिशतले घटेर पाँच सय २५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको पनि प्रतिकित्ता सेयर मूल्य दुुई दशमलव ११ प्रतिशतले घटेर दुई सय २३ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक बरुण हाइड्रोपावर कम्पनी, ग्लोबल आईएमई बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
यसदिन बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको प्राइम कमर्सियल बैंकको प्रतिकित्ता तीन सय ४५ रुपैयाँ अन्तिम मूल्यमा १२ करोड ४० लाख ९७ हजार सात सय १८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल बैंकको पनि प्रतिकित्ता तीन सय ३६ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड १६ लाख ९३ हजार दुुई सय पाँच रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक प्रभुु बैंक, ग्लोबल आईएमई बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया