कोरोनाका कारण विदेशमा थप तीन जनाको मृत्यु
काठमाडौं ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार कोरोनका कारण यो साता यूकेमा एक जना र पोर्चुगलमा दुई जनाको मृत्यु भएको हो । संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन सय १५ पुगेको छ । विभिन्न २० देशमा रहेका नेपालीहरूले कोरोनाका कारण ज्यान गुमाएका हुन् । संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार तीन सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५० हजार छ सय ५६ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, जापान, यूएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ । हाल विश्वका केही मुलुकहरूले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोनाविरुद्धका खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ । विभिन्न मुलुकमा तीव्ररूपमा खोप वितरण समेत जारी छ । स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरसविरुद्धको खोप आउन सक्ने सम्भावना रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुर्खेत जिप दुर्घटना अपडेट : चार जनाको मृत्यु, दुई घाइते
- विपिन जोशीसहित सबै एक सय २५ जनाको रिहाइको माग
- दोस्रो पटक प्रयास गर्दा पनि अमेरिकाले दिएन सन्दीपलाई भिसा
- ‘औपचारिक शिक्षा नपाएकालाई सीपमूलक तालिम प्रभावकारी हुने’
- एक महिनादेखि खानेपानीको अभाव: होटल व्यवसायी मर्कामा
- काठमाडौँ उपत्यकाको आजको तापक्रम ३३ डिग्री
- दुई हजार ६९ बिन्दुमा खुम्चियो सेयर बजार
- गणतन्त्रप्राप्तिपछि मुलुकको विकासले गति लिएको छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया