समस्यामा विकास बैंकहरु, बढ्यो निष्क्रिय कर्जा
काठमाडौं ।
कोभिड १९ का कारण विकास बैंकहरुमा निष्क्रिय कर्जा मात्रा बढेको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि भएको बन्दाबन्दी र यसले अर्थतन्त्रमा पारेको नकारात्मक असरकै कारण विकास बैंकहरुमा निष्क्रिय कर्जाको मात्रा बढेर गएको हो । निष्क्रिय कर्जा बढ्दा विकास बैंकहरु थप समस्यामा परेका छन् ।
विकास बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार एकाधबाहेकका सबैजसो बैंकहरुमा गत आवको सोही अवधिको तुुलनामा निष्क्रिय कर्जाको अनुपात बढेको छ । सोमध्ये सबैभन्दा बढी निष्क्रिय कर्जा नारायणी डेभलमेन्ट बैंकमा रहेको छ । नारायणीमा हाल ४४ दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । समस्याग्रस्तमुक्त घोषणा भएर हाल सुधारको प्रक्रियामा रहेको नारायणीमा गत आवको सोही अवधिमा भने यस्तो कर्जाको अनुपात ७३ दशमलव २७ प्रतिशत रहेको थियो ।
महालक्ष्मी विकास विकास बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकमा भने चालू आवको दोस्रो त्रैमासिकमा निष्क्रिय कर्जाको अनुपात क्रमशः चार दशमलव ७९ प्रतिशत र चार दशमलव २५ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः दुई दशमलव ७६ प्रतिशत र २३ दशमलव ४५ प्रतिशत रहेको थियो । गत आवको दोस्रो त्रैमासिकमा शून्य दशमलव ४९ प्रतिशत मात्र निष्क्रिय कर्जा रहेको एक्सेल डेभलपमेन्ट बैंकमा पनि कोभिड १९ कै कारण निष्क्रिय कर्जा बढेर चालू आवको दोस्रो त्रैमासिकमा तीन दशमलव पाँच प्रतिशत पुगेको छ ।
चालू आवको दोस्रो त्रैमासिकमा ग्रिन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र सहारा विकास बैंकमा भने निष्क्रिय कर्जाको अनुपात क्रमशः दुई दशमलव ५५, दुई दशमलव ५२, दुई दशमलव ५१, दुई दशमलव ४३ र दुई दशमलव १६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमश दुई दशमलव ३२, एक दशमलव ५८, एक दशमलव ९६, शून्य दशमलव ६८ र शून्य दशमलव ६६ प्रतिशत रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको दोस्रो त्रैमासिकमा कामना सेवा विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक र गरिमा विकास बैंकमा भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५९ प्रतिशत, एक दशमलव २७ प्रतिशत, एक दशमलव १६ प्रतिशत र एक दशमलव छ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ३७, शून्य दशमलव ६१, एक दशमलव ८१ र एक दशमलव ६९ प्रतिशत रहेको थियो ।
यीबाहेकका तीनवटामा भने निष्क्रिय कर्जाको अनुपात एक एक प्रतिशतभन्दा कम रहेको छ । जसमध्ये ज्योति विकास बैंकमा शून्य दशमलव ६८, मितेरी डेभलपमेन्ट बैंकमा शून्य दशमलव ४८ र मुक्तिनाथ विकास बैंकमा शून्य दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात शून्य दशमलव ८०, शून्य दशमलव ३० र शून्य दशमलव ११ प्रतिशत रहेको थियो ।
नागरिक बचतपत्र २०८२ ‘क’को बिक्री बन्द : नागरिक बचतपत्र २०८२ ‘क’ (५ वर्षे) को बिक्री बन्द भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा नौ प्रतिशत ब्याजदरको दुई अर्बबराबरको नागरिक बचतपत्र २०८२ ‘क’ (५ वर्षे) २०७७ माघ २७ देखि फागुन १८ गतेसम्मको लागि बिक्री खुल्ला गरिएको थियो ।
तर यही फागुन १२ गतेसम्म प्राप्त आवेदनबमोजिम आह्वान रकमभन्दा अधिक माग हुन आएकाले राष्ट्र ऋण ऐन २०५९ बमोजिम खुल्ला बजार सञ्चालक समितिको निर्णयअनुसार २०७७ फागुन १३ गतेदेखि नै नागरिक बचतपत्र नागरिक बचतपत्र २०८२ ‘क’ (५ वर्षे) बिक्री बन्द गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया