ग्लोबल आईएमई बैंक र बोधि होल्डिङबीच सम्झौता
काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेड र बोधि होल्डिङ प्राइभेट लिमिटेडबीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङका अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बैंकले बोधि होल्डिङ प्रालिले ओमसतिया ४, भैरहवा, रूपन्देहीमा निर्माण गर्ने आवासिय घर निर्माण परियोजनामार्फत घर तथा जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरूलाई सहजरूपमा सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ । यसका साथै ग्लोबल आईएमई बैंक, बोधि होल्डिङ प्रालिले निमार्ण गर्ने परियोजनाको बंैकिङ पार्टनरको रूपमा पनि रहने छ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई लभान्वित गर्दै आएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले देशभर ७५ जिल्लामा बैंकको दुुई सय ७० शाखा, दुुई सय ४२ एटीएम, दुुई सय ५५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया