छ हिमालबाट २१ हजार एक सय ६७ किलो फोहोर संकलन
काठमाडौं ।
नेपाली सेनाको संयोजित नेपाल सरकारको सफा हिमाल अभियान २०२१ कार्यक्रमले माउन्ट एभरेष्ट, ल्होत्से, मकालु, धौलागिरि, पुमोरी र आमादब्लामलगायतका छवटा हिमालयहरुबाट फोहोर संकलनको हाफवे मार्क सफलतापूर्वक सम्पन्न गरेको छ ।
यस टोलीमा अनुभवी शेर्पाहरु समर्थकको रुपमा र नेपाली सेना गरी जम्मा एक सय १२ जना सदस्यहरु छन् । १३ अप्रिल २०२१ मा सुरु भएको यस अभियानमा हालसम्म छवटा हिमालयहरुबाट २१ हजार एक सय ६७ किलोग्रामको फोहोर संकलन गरिएको छ । जसमा एक हजार आठ सय ६८ किलोको बायो–डग्रेडेबल फोहोर र १९ हजार दुई सय ९९ किलोको नन–बायो डिग्रेडेबल फोेहोरहरु समावेश रहेका छन् ।
टोलीले संकलन गरेको फोहोरहरुमा खारेज गरिएको अक्सिजन ट्यांक, परित्याग गरिएका टेन्टहरु, खाद्यान्न कन्टेनर, प्लास्टिक, ग्लास, एल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरु समावेश रहेका छन् । यसबाहेक पहिला दुर्घटना भएको ९एन–एसीआर नम्बरको हेलिकप्टर र दुई विभिन्न ठाउँहरुबाट पर्वतारोहण गियरसहित दुई मानव अवशेषहरु पनि धौलागिरि टोलीले रिट्राइभ गरेको छ र मृतकको पहिचान र व्यवस्थापनका लागि थप अनुसन्धानहरु सुरु गरिएको छ ।
हिमाल सफाइ अभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दिपक भण्डारीले टोली स्थानीय स्थानीय सरकारसँगको समन्वयमा समर्पणका साथ फोहोर संकलन गर्ने कार्यमा लागिपरेको बताए । फोहोर संकलन गतिविधिहरु सम्पन्न भएपछि संकलन गरिएको फोहोरलाई थप रिसाइक्लिङको लागि रिसाइक्लिङ पार्टनरलाई हस्तान्तरण गरिने उनले जानकारी दिए । यस्तै नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मीले भावी पुस्ताहरुका लागि हिमालयलाई सम्मान र संरक्षण गर्ने हाम्रो जिम्मेवारी रहेको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया