सरकारी अस्पतालहरुलाई नेपाल चेम्बरको स्वास्थ्य सामग्री
काठमडौँ ।नेपाल चेम्बर अफ कमर्सले सरकारी अस्पतालहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको छ । चेम्बरले बुधबार मात्रै तीनवटा सरकारी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बुधबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई स्वास्थ्यसम्बन्धी सामग्रीहरु हस्तान्तरण गरेका छन् ।
अस्पतालका तर्फबाट डा. राजेश शाहले उक्त सामग्रीहरु ग्रहण गरेका थिए । यस्तै चेम्बरका अध्यक्ष मल्लले त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षलाइ पनि स्वास्थ्यसम्बन्धी सामग्रीहरु हस्तान्तरण गरेका छन् । त्रिवि शिक्षण अस्पताल आकस्मिक कक्षको तर्फबाट प्रा.डा. योगेन्द्रमान शाक्यले सामग्री ग्रहण गरेका थिए ।
त्यसैगरी अध्यक्ष मल्लले राधास्वामी अक्सिजन थेरापी आइसोलेसन सेन्टर गोंगबुको लागि पनि स्वास्थ्यसम्बन्धी सामग्रीहरु हस्तान्तरण गरेका थिए । उक्त केन्द्रका नेपाली सेनाका डा.क्याप्टेन मुक्तिनाथ शाखीलाई सामग्री हस्तान्तरण गरिएको थियो । हस्तान्तरण गरिएका सामग्रीहरुमा पीपीई सेट, सर्जिकल मास्क, सर्जिकल पन्जा, सेनिटाइजर तथा सिटामोल रहेका छन् ।
अध्यक्ष मल्लले चेम्बरले केही दिनमा सरकारी अस्पतालहरुलाई अक्सिजन सिलिण्डर र कन्सन्टे«टर उपलब्ध गराइने तयारी हुँदै गरेको बताए । उक्त अवसरमा चेम्बरका उपाध्यक्ष तथा नेपाल चेम्बर कोभिड व्यवस्थापन समितिका संयोजक दीपक कुमार मल्होत्रा, चेम्बरका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ तथा कार्य समिति सदस्य नवराज ढकालको पनि उपस्थिति रहेको थियो । चेम्बरले यसअघि छवटा सरकारी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया