एनएमबी बैंकद्वारा नेपालमै पहिलो पटक जारी गरिएको ऊर्जा ऋणपत्रमा देखियो आकर्षण
काठमाडौं ।
एनएमबी बैंकद्वारा नेपालमै पहिलो पटक ऊर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै मागभन्दा अत्यधिक आवेदन परेको छ । उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आइतबारदेखि बिक्री खुला गरिएकोमा पहिलो ४ कार्यदिनभित्रै अत्यधिक आवेदनको कारणले बिक्री बन्द गरिएको हो ।
एनएमबी बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा एक अर्ब ५० करोडबराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र बिक्री खुला गरेको थियोे । यस ऋण पत्रबाट प्राप्त कोषलाई जलविद्युत् र अन्य नवीकरणीय ऊर्जा आयोजनाहरूमा लगानीको लागि उपयोग गरिनेछ । हालसम्म बैंकले ऊर्जा क्षेत्रमा ४३ जलविद्युत् परियोजनाहरूलगायत नवीकरणीय ऊर्जाको क्षेत्रमा कुल कर्जा सापटको १६ प्रतिशतभन्दा बढी रकमको प्रतिबद्घता गरिसकेको छ ।
उपयुक्त ऋणपत्र आह्वान गर्नुको मूलभूत उद्देश्य वास्तविक अर्थव्यवस्थाको समग्र विकासको लागि दिगो टेवा पु-याउने प्रतिबद्धताअनुरूप उत्तरदायी भूमिका निर्वाह गर्दै बैंकिङ सेवा प्रदान गर्नु रहेको बताइएको छ ।
हालको विषम परिस्थिति र यस महामारीको प्रभावका बाबजुद पनि विश्वास गरेर एनएमबी ऊर्जा ऋणपत्र खरिद गरी सहयोग र सदभाव प्रदान गरेकोमा सम्पूर्ण सुभेच्छुकहरू, लगानीकर्ता आवेदकहरू, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, नियमनकारी निकायहरू तथा सरोकारवालाहरू सबैप्रति एनएमबी बैंकले हार्दिक कृतज्ञता व्यक्त गरेको छ । बैंकले देशभरिका एक सय ८१ शाखाहरू, एक सय ३७ एटीएमहरू, नौ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया