नबिल बैंकद्वारा विशेष साधारणसभाको आह्वान
काठमाडौं ।
नबिल बैंकले विशेष साधारणसभाको आह्वान गरेको छ । बैंकले यही असार पाँच गते आफ्नो केन्द्रीय कार्यालयमा विशेष साधारणसभाको आह्वान गरेको हो । सभाले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । प्राप्तिसम्बन्धी प्रक्रियाको लागि युुनाइटेडको एक कित्ता सेयरबराबर नबिल बैंकको शून्य दशमलव ३५ कित्ता अर्थात् १ः०.३५ को सेयर अनुुपात कायम गर्ने प्रस्ताव पारित हुुनेछ ।
विशेष साधारणसभासम्बन्धी प्रयोजनको लागि बैंकको यही जेठ २८ गते एक दिनको लागि सेयर दाखिला तथा खारेजी बन्द हुुनेछ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा तीन अर्ब १५ करोड ८६ लाख ८६ हजार रुपैयाँ रहेको छ ।
हाल चुक्ता पुँजी १३ अर्ब ४८ करोड एक लाख ५९ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुुई खर्ब आठ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ८६ अर्ब १९ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब नौ करोड ६९ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव २० प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने तीन अर्ब ८० करोड २४ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ९० अर्ब ८० करोड ६४ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब पाँच करोड ४० लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब ३७ करोड पाँच लाख १२ हजार रुपैंयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ३४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया