निर्यात व्यापार १ खर्ब २१ अर्ब हुँदा व्यापारघाटा १२ खर्ब ६२ अर्ब
११ महिनामा निर्यात व्यापारमा बढोत्तरी
काठमाडौँ ।
सरकारको एक दशकअघिको निर्यात व्यापार लक्ष्य जेठ महिनामा पूरा भएसँगै त्यसले हाल बढोत्तरी लिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुरुप ११ महिनामा निर्यात ३७.७८ प्रतिशतले वृद्धि भएसँगै सरकारको एक दशकअघिको निर्यात व्यापारमा बढोत्तरी भएको हो । चालू आर्थिक वर्ष (२०७७/७८) को ११ महिनाको अवधिमा एक खर्ब २१ अर्ब २५ करोडको निर्यात भएको छ । गत आर्थिक वर्ष (२०७६/०७७) को सोही अवधिमा ८८ अर्ब ३१ लाखको निर्यात भएको थियो ।
२०६४ मा सरकारले ल्याएको तीन वर्षीय अन्तरिम योजनाले निर्यात मूल्य एक खर्ब रुपैयाँ पु-याउने लक्ष्य लिएको थियो । निकासी हुने प्रमुख वस्तुहरुमा प्रशोधित भटमासको तेल, सिन्थेटिक यार्न, अलैंची, उनी गलैँचा, तयारी कपडा, जुटका कपडा, चिया, फलफूलको जुसलगायतका सामग्री रहेका छन् ।
निर्यात व्यापार बढ्दा पनि उच्च आयातका कारण मुलुकको व्यापारघाटामा छ । आयात व्यपारमा २५.६७ प्रतिशतले वृद्धि भएको छ । तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा १३ खर्ब ८३ अर्ब ३६ करोड आयात व्यापार रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ८१ करोड रहेको थियो ।
नेपालमा प्रमुख आयात हुने वस्तुहरुमा डिजेल, एमएस बिलेट, भटमासको कच्चा तेल, मोबाइल, एलपी ग्यास, तयारी कपडा, पेट्रोल, चामललगायतका सामग्री पर्छन् जुन खर्बौँ मूल्यबराबरको आयात हुने गरेको पाइन्छ ।
उच्च आयातकै कारण नेपालले भारतलगायत तेस्रो मुलुकसँगको व्यापारमा प्रायःजसो सदैव घाटा व्यहोर्नुपरेको छ । ११ महिनामा मुलुकको व्यापारघाटा २४.६१ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षमा १२ खर्ब ६२ अर्ब ११ करोड मुलुकले व्यापारघाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने १० खर्ब १२ अर्ब ८१ करोड रहेको विभागको तथ्यांक छ ।
कुल वैदेशिक व्यापार २६.५६ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा मुलुकको कुल वैदेशिक व्यापार १५ खर्ब ४ अर्ब ६१ करोड रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ११ खर्ब ८८ अर्ब ८१ करोड रहेको थियो । व्यापार विज्ञहरुले मुलुकको व्यापारघाटा कम गर्नका लागि उत्पादनमा जोड दिई नजिकका भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकमा बजार प्रवर्द्धन गर्नसक्ने बताउँदै आएका छन् तर सरकारको उत्पादनमा वृद्धि गर्ने नीति सही हुन नसक्दा निर्यात व्यापार न्यून हुने गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया