साउदी अरबमा छटपटाइरहेका श्रमिकको उपचार र उद्धारमा श्रममन्त्रीको पहल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरबको जेद्दामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका छन् । शनिबार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली श्रमिक जाजरकोटका आइस राना पीडाले छटपटाइरहेको तस्बिर र भिडियो प्रकाशित भएपछि आइतबार नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीसहितको टोली उनीहरु रहेको स्थानमा गई उनको अवस्थाबारे जानकारी लिएको छ ।
श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकसहित दूतावासको टोली बिरामी राना भएको ठाउँमा गई उपचारका लागि स्थानीय अस्पतालमा लगेको छ । नेपाली दूतावासले रानासहित जेद्दामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरुको दैनिक खानाको प्रबन्ध गर्दै आएको थियो । आठमध्ये एक जना नेपाल फर्किसकेका छन् भने अन्य छ जना मंगलबार नेपाल फर्किनेछन् । रानाको पनि नेपाल फर्किने टिकटको व्यवस्था गरिएको थियो । तर, उनको पुलिस केस भएकोले एक्जिट भिसाको लागि समय लाग्ने नेपाली दूतावासले जनाएको छ । उनी बिरामी परेपछि नेपाल फर्किने व्यवस्थाका लागि नेपाली दूतावासले आइतबार नै इमिग्रेसनलाई पत्राचार समेत गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताए । रानाको अवस्था अहिले सामान्य रहेको पोखरेलले जानकारी दिए । मन्त्री श्रेष्ठले अलपत्र नेपाली श्रमिक उद्धारका लागि नेपाली दूतावास र श्रम सहचारीले गरेको प्रयासका लागि धन्यवाद दिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया