दोलखा । दोलखामा पछिल्लो समय दैनिक कोरोना संक्रमणदर तीव्र गतिले वृद्धि हुँदै गएको छ । स्वास्थ्य कार्यालय दोलखाको तथ्यांक अनुसार जिल्लामा पछिल्लो पाँच दिनको अवधिमा तीन सय जना नयाँ संक्रमित थपिएका छन् । तेस्रो लहर सुरु भएपछि जिल्लामा हाल तीन सय ५१ जना सक्रिय संक्रमित रहेका छन् ।
कार्यालयका अनुसार सोमबार मात्रै ५६ जना संक्रमित देखा परेका छन् । यस्तै आइतबार ४५ जनामा कोराना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिए । पछिल्लो पाँच दिनको अवधिमा तीन सय थपिँदा एक सय ३२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये मेलुङ गाउँपालिकाबाहेक सबै स्थानीय तहमा संक्रमण फैलिएको छ । जसमध्ये सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा ९२ जना कोरोना संक्रमित रहेका छन् ।
त्यस्तै जिरी नगरपालिकामा ४४ जना, कालिञ्चोक गाउँपालिकामा २२ जना, गौरीशंकर गाउँपालिकामा १० जना, विगु गाउँपालिकामा पाँच जना, तामाकोशी गाउँपालिकामा ७४ जना, शैलुङ गाउँपालिकामा ४१ जना र बैतेश्वर गाउँपालिकामा ६३ जना सक्रिय संक्रमित रहेका छन् । मेलुङ गाउँपालिकामा भने एक जनामा संक्रमण देखिएको र उनी संक्रमणमुक्त भइसकेकाले हाल यहाँ कुनै संक्रमित नरहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
स्वास्थ्य कार्यालय दोलखाले हाल जिल्लाका स्थानीय तहमा संक्रमण दैनिक बढेको भन्दै एन्टिजन परीक्षणलाई तीव्रता दिएको छ । त्यस्तै जिल्लाका सबै स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान जारी राखेको छ । जिल्लाभर गत बुधबारसम्म एक लाख १० हजारले पहिलो डोज खोप लगाएका थिए भने ९७ हजारले दोस्रो डोज खोप लगाएका छन् । त्यसयताको खोप विवरण आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।
जिल्लाका विद्यालयमा पनि खोप दिने कार्यक्रम चलिरहेकाले यो साता खोप लगाउनेको संख्या वृद्धि हुने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा माघ पाँच गतेदेखि सञ्चालनमा रहेको कोरोना भाइरसविरुद्धको तेस्रो मात्राको खोप बुस्टर डोज पनि दुई हजार चार सय २२ जनाले लगाइसकेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया