एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’
काठमाडौं, माघ २४
नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । यो अफरमा ग्राहकले मात्र एक सय रुपैयाँ (करसहित १ सय २७ रुपैयाँ ६९ पैसा) मा ७ सय मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मजा लिन सक्नेछन् ।
यो भ्यालेन्टाइन अफर शुक्रबारदेखि तीन महिनासम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ । यस भ्यालेन्टाइन महिनाको अवसरमा सञ्चालनमा ल्याउन लागिएको यो अफरअन्तर्गत ग्राहकले करसहित मात्र १८ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् ।
यो अफरको साप्ताहिक प्याक सुचारु गरेपछि सात दिनसम्म समयावधि रहनेछ । ग्राहकले एस्ट्रिक्स१७११८ एस्ट्रिक्स२एस्ट्रिक्स३ह्यास डायल गरी प्राप्त जानकारीअनुसार प्याक सुचारु गर्न सक्छन् । भ्यालेन्टाइन अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पु-याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पु-याउने विश्वास एनसेलले लिएको बताएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया