‘खल्ती’बाटै काठमाडौं महानगरपालिकाको कर तथा राजस्व भुक्तानी सुविधा सुरु
काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले करदाताहरूका लागि काठमाडौं महानगरपालिकाको कर घरै बसी भुक्तानी गर्न मिल्ने सुविधा ल्याएको छ । यो सुविधा उपलब्ध भएलगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू जग्गा, घर, भाडा, सवारीसाधन, व्यवसायको कर अब ‘खल्ती’मार्फत सहजै भुक्तानी गर्न सक्नेछन् ।
‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत नै भुक्तानी गर्न पाउँदा त्यस क्षेत्रका बासिन्दालाई सहज हुने बताए । साथै अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने अपेक्षा राखेको उनको भनाइ छ ।
कम्पनीका अनुसार यो सुविधा लिनुपूर्व करदाताले इ–सर्भिस डट काठमाडौ डट जीओभी डट एनपीमा गएर आवश्यक पर्ने सम्पूर्ण विवरण दाखिला गरी करदाता पोर्टलमा आफ्नो नाम दर्ता गराउनुपर्नेछ । दर्ता भई सकेको खण्डमा आफ्नो आफ्नो युजर नाम र पासवर्ड दाखिला गरी लग–इन गर्न सकिनेछ । करदाता पोर्टलमा लग इन गरेपश्चात् करदाताको विवरण प्राप्त हुने र आफूले तिर्ने करको छनोट गरेर कर मूल्यांकन हुनेछ । सम्पूर्ण विवरण सही भए भुक्तानी विकल्पहरूमा खल्ती छनौट गरेर प्रक्रिया पूरा गर्नसक्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- बजेटप्रति मन्त्रीकै असन्तुष्टि !
- बजेट कार्यान्वयन चुनौतीपूर्ण: चेम्बर
- बजेटप्रति सेयर लगानीकर्ता असन्तुष्ट
- बैंकिङ क्षेत्रलाई थप सबल र प्रतिस्पर्धी बनाइने
- ४४ अर्ब ३२ करोड महसुल उठाउन प्राधिकरणको आलटाल
- धरापमा रविलाई आईजीपी कुँवरले दिएको अग्रीम ‘क्लिन चिट’
- नेपाल प्रहरीका सात जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) को सरुवा
- कांग्रेसको जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा पौडेल मनोनीत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया