आधारभूत सहकारीका अध्यक्ष देवकोटा ज्यान मार्ने उद्योगमा पक्राउ
काठमाडौं । इन्द्रचोकमा रहेको आधारभूत बहुउद्देश्यीय सकारी संस्थाका अध्यक्ष खड्ग बहादुर देवकोटा ज्यान मार्ने उद्योगमा पक्राउ परेका छन् ।
आधारभूतका अध्यक्ष देवकोटाले आइतबार साँझ बाँटो ढुकेर सत्य शक्ति बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धनिर्देशक रोमनाथ भण्डारीलाई काठमाडौं महानगरपालिका वडा नंं १७ स्थित धोबीचौरमा सांघातिक आक्रमण गरेका थिए । अध्यक्ष देवकोटाको नेतृत्वमा रहेको सात आठ जना रड खुकुरी लगायतका हतियारधारी जत्थाले भण्डारीमाथि सांघातिक आक्रमण गरेको थियो । उक्त आक्रमणमा परेका भण्डारीलाई वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरेर उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।
धोबीचौरमा बाटो ढुकेर भण्डारीलाई आक्रमण गरी मरणासन्न बनाएर हिडेका आधारभूत सहकारीका अध्यक्ष देवकोटालाई प्रहरीले त्यसलगत्तै उनकै निवासबाट पक्राउ गरेको हो । ज्यान मार्ने उद्योगमा पक्राउ परेका अध्यक्ष देवकोटालाई जोगाउन विभिन्न राजनीतिक दलका नेताहरुबाट प्रहरीलाई चर्को दबाब परेको थाहा भएको छ । हाल अध्यक्ष देवकोटालाई सोह्रखुट्टे प्रहरी बिटमा राखिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया