Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको कार्ड होल्डरलाई अन्नपूर्ण केबुलकारमा छुट

राष्ट्रिय वाणिज्य बैंकको कार्ड होल्डरलाई अन्नपूर्ण केबुलकारमा छुट


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र अन्नपूर्ण केबुलकार प्रालिबीच बैंकका डेबिट/क्रेडिट कार्ड होल्डरहरूलाई केबुलकारको भाडा रकममा १० प्रतिशत छुट गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात् कास्कीको पोखरामा रहेको अन्नपूर्ण केबुलकारमा यात्रा गर्दा बैंकका कर्मचारी तथा डेबिट/क्रेडिट कार्ड भएका ग्राहकहरूलाई केबुलकारले भाडा रकममा १० प्रतिशत छुट दिनेछ । कार्यक्रममा बैंकका विभागीय प्रमुख सन्दीपजङ कार्की, विभागीय उपप्रमुख अविता श्रेष्ठलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । हाल देशभर बैंकले दुई सय ५८ वटा शाखा कार्यालय, दुई सय ४५ वटा एटीएम, ४३ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ शाखारहित बैंकिङ सेवा सहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आइरहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x