काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार फेरि २१ अर्ब नौ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही जेठ १६ गते पनि राष्ट्र बैंकले २३ अर्ब १३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति जेठ २४ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः ९१ दिने अवधिको चार अर्ब २६ करोड, एक सय ८२ दिने ट्रेजरी बिलको परिपक्व हुने अवधि १० अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब ८३ करोड रुपैयाँबराबरको रहेको छ । जसमध्ये ९१ दिनेको २०७९ भदौ २१ गते, एक सय ८२ दिने ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७९ मंसिर २० गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०८० जेठ २३ गते तोकिएका छन् । राष्ट्र बैंकका अनुसार बिक्री गरिने यी ट्रेजरीहरुमा पुरानो नवीकरणअन्तर्गत १६ अर्ब नौ करोड र नयाँमा पाँच अर्ब रुपैैयाँको रहेको छ ।
यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको तीन अर्ब १३ करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जाहेरी दिएपछि कार्यान्वयन गर्न थप के–के गर्नुपर्छ महोदय ?
- संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत
- देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया