काठमाडौं । ओप्पोले ए–सिरीजअन्तर्गतको पछिल्लो स्मार्टफोन ए१६के को मूल्यमा कटौती गरेको छ । थ्री डी स्लीक डिजाइन, एचडी प्लस आई केयर स्क्रिन र ४२३० एमएएच लङ्ग–लास्टिङ ब्याट्री भएको ओप्पो ए१६के अब मात्र १७ हजार नौ सय ९० रुपैयाँमा उपलब्ध हुनेछ । ग्राहकको सन्तुष्टिलाई ध्यानमा राख्दै मूल्य घटाएको कम्पनीले जनाएको छ ।
कम्पनीले मार्च २०२२ मा ए१६के नेपालमा सार्वजनिक गरिएको थियो । ओप्पो ए१६केले ओप्पोको स्वामित्वमा रहेको ओप्पो थ्री डी स्लीक डिजाइन, उत्पादन प्रक्रिया, स्टाइलिस र टिकाउ उपकरण उत्पादन गर्ने ए–सिरिजको परम्परालाई निरन्तरता दिइरहेको छ । ओप्पोको १६.६५ से.मि (६.५२”) एचडी वाटरड्रप स्क्रिन र १६००×७२० डिस्प्लेको साथ अपग्रेड गरिएको छ, जहाँ चार गोलाकार कुनाहरुलाई पोइन्ट कर्नरहरु बनाइन्छ । यो फोन ४२३० एमएएच लङ्ग–लास्टिङ ब्याट्रीको साथ सुसज्जित छ, यसले प्रयोगकर्ताहरुलाई आवश्यक पर्दा उत्पादनशील र मनोरञ्जन दुबैका लागि उपयुक्त छ । यसमा पाँच गुणा डिजिटल जुम र पाँच एमपी फ्रन्ट क्यामेराको साथ १३ एमपी रियर क्यामेरा छ । यसको अगाडी र पछाडि दुवै क्यामेराले स्टाईलिश फोटोहरुमा प्रभाव पार्ने ओरिजिनल, फ्रेस, ट्रान्सपरेन्सी, सनी, मीस्ट, फील्ड, जर्नी, डिलिसीयस, कोल्ड, फील्म, सीटी, रेट्रो, अटम, ग्रे, फेड र मोनोक्रोम जस्ता १५ स्टाइलिस फिल्टरहरु सपोर्ट गर्दछ । यसबाहेक, यसले एआई इन्जिनमार्फत दृश्य पहिचान गर्दछ । त्यसपछि यसले इमेजका रङ्गहरु पुनः निर्माण गर्न पिक्सेलस्तरका कलर म्यापिङ एल्गोरिदम फोटो थप जीवन्त र प्राकृतिक होस् भनेर प्रयोग गर्दछ ।
पछाडिको क्यामेराको लागि तीनवटा नयाँ कस्मोपोलिटेन, एस्ट्रल र ड्याजल नाइट फिल्टरहरु छन् । यी सबै डिजाइनले प्रयोगकर्ताहरुलाई, सुन्दर र व्यावसायिक नाईट शटहरु लिन मद्दत गर्दछ । ओप्पो ए१६केकोे मुनलाइट डिस्प्ले, सनलाइट डिस्प्ले र एआई स्मार्ट ब्याकलाइटले दिनभर प्रयोगकर्ताको आँखाको ख्याल राख्छ । साथै, सामाजिक मिडिया ब्राउज चलाउँदा वा गेम खेल्दा लाग–फ्रि स्मुथनेसको लागि प्रणाली बुस्टर सफ्टवेयर अप्टिमाइजर, अक्टा–कोर चिप र १ टिबीसम्म स्टोरेज बढाउन सकिन्छ । ग्राहकले प्रत्येक ओप्पो ए१६के स्मार्टफोन किन्दा अब २ हजार रुपैयाँ बचत गर्ने मौका पाउनेछन् । ४ जीबी+६४जिबी भेरियन्टमा उपलब्ध यो स्मार्टफोनको मूल्य पहिले १९ हजार नौ सय ९० रुपैयाँ थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दोस्रो पटक प्रयास गर्दा पनि अमेरिकाले दिएन सन्दीपलाई भिसा
- ‘औपचारिक शिक्षा नपाएकालाई सीपमूलक तालिम प्रभावकारी हुने’
- एक महिनादेखि खानेपानीको अभाव: होटल व्यवसायी मर्कामा
- काठमाडौँ उपत्यकाको आजको तापक्रम ३३ डिग्री
- दुई हजार ६९ बिन्दुमा खुम्चियो सेयर बजार
- गणतन्त्रप्राप्तिपछि मुलुकको विकासले गति लिएको छ: अध्यक्ष नेपाल
- वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स नेपालको अर्थतन्त्रको केन्द्र बनेको छ: महामन्त्री थापा
- एकीकृत समाजवादी वर्तमान सत्तासमिकरणकै पक्षमा छ: प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया