Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेरो माइक्रोफाइनान्सका कर्मचारीलाई तालिम

मेरो माइक्रोफाइनान्सका कर्मचारीलाई तालिम


काठमाडौं, फागुन ११
मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले फिल्डमा कार्य गर्ने नवप्रशिक्षार्थी कर्मचारीहरुका लागि लघुवित्त कार्यक्रम सञ्चालन सम्बन्धी तालिम दिएको छ । फिल्डमा काम गर्न दक्ष बनाउने उद्देश्यले एक दिने लघुवित्त अभिमुखीकरण तालिम दिएको संस्थाले जानकारी दिएको छ ।

तालिम समापन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले लघुवित्तको सञ्चालनको सुरुवात, नेपालमा यसको स्थापना तथा हालको अवस्थाबारे जानकारी दिएका थिए । लघुवित्त कार्यक्रम नेपालमा प्रभावकारी रुपमा सञ्चालन हुँदै आइरहेको र ग्रामीण क्षेत्रको आर्थिक विकासको लागि मेरुदण्डको रुपमा स्थापित भएको बताउँदै लघुवित्त कार्यक्रम एक सामाजिक कार्य भएकोले यस क्षेत्रमा काम गर्ने जोसुकै कर्मचारले अन्तर आत्माबाटै सामाजिक भावना जागृत हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

हरेक कर्मचारीहरुमा सकारात्मक सोचाई हुनुपर्ने र कर्मचारीहरु ग्रामीण क्षेत्रको विपन्न वर्ग, समुदायमा काम गर्नुपर्ने भएकाले सबैलाई सम्मानजनक ब्यवहार गर्नुपर्ने कुरामा जोड दिए । तालिममा वित्तीय संस्थाको वारेमा जानकारी, नेपालमा लघुवित्तको वर्तमान अवस्था, लघुवित्तको फिल्डमा काम गर्ने कर्मचारीहरुमा हुनुपर्ने आवश्यक कुराहरु, फिल्डमा आइपर्ने समस्या तथा चुनौतीहरु र ती चुनौतीहरुको समाधान गर्ने उपायहरुका साथै समूह प्रवेश पूर्वतालिम सञ्चालन प्रक्रियाहरुबारे केन्द्रित रहेको संस्थाले जनाएको छ ।

कार्यक्रममा २९ जना नयाँ प्रशिक्षार्थीहरुका साथै कर्पोरेट कार्यालयका नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहाल, विभिन्न विभागीय प्रमुख लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि ६१ जिल्लामा एक सय १८ शाखा कार्यालयमार्फत एक लाखभन्दा बढी गरिब तथा विपन्न घरपरिवारहरुलाई आर्थिक तथा सामाजिक क्रियाकलापमा सहयोग गर्ने उद्देश्यले विभिन्न लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x