भायानेटको नयाँ शाखा अब परवानीपुर र सिमरामा
काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको परवानीपुर र सिमरामा नयाँ शाखा विस्तार गरेको छ । आफ्नो ग्राहकहरूका लागि समय–समयमा विभिन्न योजनाहरू सञ्चालन गर्ने भायानेटका योजनाहरूबाट अब परवानीपुर र सिमराका सर्वसाधारण पनि लाभान्वित हुनेछन् ।
पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा–फाईजस्ता योजनाहरूमार्फत सुपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै एक सय ७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन् । यसै सन्दर्भमा परवानीपुर र सिमरामा सेवा विस्तार भएको खुसियाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा चार महिनासम्मको फ्री ओपेनिङ अफर उपलब्ध गराएको छ । साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाइफाइ डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् ।
यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएको छ । भायानेट सिमराको सर्भिस सेन्टर सिमरा बिजनेस सेन्टरको पहिलो तल्लामा खोलिएको छ, त्यस्तै परवानीपुर सर्भिस सेन्टर भने परवानीपुर राजमार्ग छेउको निराधान माइक्रोफाइनेन्स नजिक खोलिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया