सामसङको ग्यालेक्सी एओफोरएस बजारमा
काठमाडौं । नयाँ पुस्ताको लागि सामसङले अझै नयाँ सुविधा र विशेषताको साथ ग्यालेक्सी एओफोरएस बजारमा ल्याएको छ । कम्पनीका अनुसार यसमा सामसङको ट्रिपल रियर क्यामरा छ, जसमा एउटा ५० एमपी मेन क्यामरा, दुई एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र दुई एमपीको डेप्थ क्यामरा समावेश गरिएको छ । यसैको साथै पाँच एमपी सेल्फी क्यामरा समेत रहेको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी एओफोरएस ९० हर्ज रिफ्रेस रेटको साथ ६.५ एचडी र एमोलिड डिस्प्लेसँग आउँछ । साथै यसमा एक चोटिको चार्जमा पूरा दुई दिनसम्म टिक्ने पाँच हजार मेगाहर्जको ब्याट्री छ । यो फोन कालो, कपर र हरियो गरी तीन आकर्षक रंगहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । १२८ जीबी रोमसहितको चार जीबी -याम भएको यो फोनको मूल्य २१ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ भने ६४ जीबी रोमसँग चार जीवी ¥याम भएको फोनको मूल्य १९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।
ग्यालेक्सी एओफोरएसले ए सिरिजको हरेक मूल्यदरमा गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन र आफ्नो युजरको लागि चाहिने सबै आवश्यक सुविधा र विशेषता सबैको पहुँचमा हुने मूल्यमा दिएर यो सिरिजको प्रविधिलाई कायम राख्न सक्षम रहेको कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया