चितवन । खाद्य दिवसको अवसरमा शनिबार विशेष प्रभातफेरी सम्पन्न भएको छ । चितवनको नारायणगढको पुल्चोकबाट सुरु भएको प्रभातफेरी चौबीसकोटीमा सम्पन्न भएको थियो । खाद्यका लागि कृषि अभियान र सम्बद्ध संस्थाहरू, जिल्ला प्राङ्गारिक समूह, लमजुङ क्याम्पसमा विद्यार्थीहरू, कृषि र वन विज्ञान विश्वविद्यालयका विद्यार्थी समूहहरू, रामपुर क्यापसका विद्यार्थी समूहहरू र स्थानीय संघसंस्थाको आयोजनामा कार्यक्रम भएको थियो ।
‘जमिन कसलाई ? खेती गर्ने किसानलाई’, ‘आफ्नै घरको छाना देऊ’, खेती गरी खान देऊ’, ‘सबै किसान साथीभाइ: माटो बचाऊ पछिलाई’, ‘बोक्छ भारी जोत्छ खेत : किसान मर्छ खाली पेट’, ‘रैथाने सीप रैथाने बीउ : स्वस्थ खाना फुर्तिलो जिउ’, ‘बिचौलिया हिँड्छ कारमा: किसान सधैँ मारमा’ जस्ता विविध नारा बोकेर किसान, विध्यार्थी र अभियान्ताको कार्यक्रममा उपस्थित भएका थिए । प्रभातफेरी समापन कार्यक्रममा जिल्ला प्राङ्गारिक संघ, चितवनका अध्यक्ष चन्द्र अधिकारीले किसानहरूले प्राङ्गारिक खेतीप्रति रुचि देखाएपनि गर्न तत्पर नभएको बताए ।
यस्तै राष्ट्रिय किसान समूह महासंघ नेपालकी महासचिव रिता वास्ताकोटीले साना, सिमान्तकृत, महिला भूमिहिन किसानका आवाज सरकारका माझ पुर्याउन सबै सरोकारवालाहरू तयार हुन पर्ने बताईन् । खाद्यका लागि कृषि अभियानका सस्थापक संयोजक डा. कृष्ण प्रसाद पौडेलले अहिलेको अत्याधिक रसायन र विषादीको प्रयोगले माटो र मानिस दुबै विषाक्त बनेको बताए । यस्तै अभियानका संयोजक उद्धव अधिकारीले खाद्यका लागि कृषि अभियानले किसान र खानाका मुद्दाहरू उठाउँदै आइरहेको बताए । खाद्यका लागि कृषि अभियान र यससँग सम्वद्ध संघ संस्थाले खाद्य दिवश २०२२ को अवसरमा संघिय, प्रदेश र स्थानीय तहमा विविध कार्यक्रम संन्चालन गर्न गहिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया