मेटलाइफ नेपालद्वारा बीमा सचेतना कार्यक्रमे आयोजना
काठमाडौं । मेटलाइफ नेपालले ललितपुरमा आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा बीमा सचेतना वाकाथनको आयोजना गरेको छ । शनिबार भएको यस ४ दशमलव ५ किलोमिटरको वाकाथनमा मेटलाइफका तीन सयभन्दा बढी कर्मचारी र बीमा अभिकर्ताहरूले सहभागिता जनाएका थिए । यस कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित भविष्यको विकासका लागि समाजमा बीमा सचेतना फैलाउनु रहेको थियो ।
मेटलाइफका सञ्चालन प्रमुख देव किशोर लालले कार्यक्रमको औपचारिक उद्घाटन गरी सहभागीहरूलाई सम्बोधन गरेका थिए । उनले भने ‘देशको ६० प्रतिशतभन्दा बढी जनसंख्या बीमाको दायरामा नआएकाले बीमाबारे जानकारी प्रदान गर्न महत्वपूर्ण छ ।’ ५ डिसेम्बर २००१ मा आफ्नो सञ्चालन सुरु गरेको, मेटलाइफले हालै १० लाखभन्दा बढी मानिसहरूलाई जीवन बीमाद्वारा सुरक्षा प्रदान गर्दै आएको छ । मेटलाइफले तीन अर्ब १६ करोडभन्दा बढी दाबीहरू भुक्तानी गरेको छ र ४५ हजारभन्दा बढी जनशक्ति विस्तार गरेको छ । यसका साथसाथै, मेटलाइफले डिजिटलाइज्ड सेवाहरू, अद्वितीय बीमा समाधानहरू र क्यारियर विकास अवसरहरूमार्फत प्रतिभा वृद्धिलाई बढावा दिएर नेपालमा बीमा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘विश्वकै अग्रणी बीमा कम्पनीहरूमध्ये एकका रूपमा मेटलाइफले विश्वभरका लाखौँ ग्राहकहरूलाई आफ्नो भविष्य सुरक्षित राखेर विश्वस्तताका साथ बाँच्न मदत गरेको छ । मेटलाइफ दिगो वृद्धिमा विश्वास गर्दछ र नेपालमा मानिसहरूको बढ्दो सुरक्षा आवश्यकताहरू पूरा गर्न नवीन उत्पादनहरू, सेवाहरू र अनुभवहरू प्रदान गर्नमा केन्द्रित रहनेछ ।’
मेटलाइफ नेपालका बारेमा : मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरू प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया