डिजिटल लर्निङ डेमा विशेष कार्यक्रम आयोजना हुने
काठमाडौं । डिजिटल सिकाइ र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल लर्निङ डेको अवसरमा विशेष कार्यक्रमको आयोजना हुने भएको छ । एडचेन्ज नेपाल संस्थाले ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा बिहीबार कार्यक्रम आयोजना गर्न लागेको हो ।
होटल हिमालय, कुपण्डोलमा आयोजना हुने कार्यक्रममा विभिन्न विज्ञहरुबाट कार्यपत्र प्रस्तुति, प्यानल सेसन र आइडिया पिचिङको कार्यक्रम रहेको छ । डिजिटल लर्निङ डे, सन् २०१२ देखि एलायन्स फर एक्सिलेन्ट एजुकेसन नामक संस्थाले विश्वभर सुरु गरेको एउटा अभियान हो । फेब्रुअरी महिनाको तेस्रो हप्ताको बिहीबारको दिन विश्वका सयौँ देशहरुमा डिजिटल लर्निङ डे मनाउने गरिन्छ । यस वर्ष नेपालमा शिक्षामा परिवर्तनको स्लोगनसहित आयोजना हुने कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिन प्राडा बालचन्द्र लुइँटेलले मुख्य वत्ताको रुपमा प्रस्तुति दिनेछन् । यसैगरी नेपाल खुल्ला विश्वविद्यालयका सहप्राध्यापक डा. भोजराज घिमिरे र काडिंगल भारतमा सहसंस्थापक सत्यम् वर्नवालको कार्यपत्र प्रस्तुति रहेको छ ।
प्यानल सेसनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, युनेस्को, प्याब्सन र अन्य संस्थाहरुबाट विशिष्ट व्यक्तिहरुबीच अन्तक्र्रिया सञ्चालन हुनेछ । आइडिया पिचिङको रुपमा शिक्षकहरुले टिचिङ अभ्यासबारे नयाँ आइडियाहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस कार्यक्रमले डिजिटल शिक्षाको लागि नयाँ अवधारणा बनाउनेसँगै आवश्यक नीति र योजनाहरुमा सघाउ पु-याउने आयोजकले विश्वास लिएको छ । नेपालमा विगत एक दशकदेखि नै डिजिटल लर्निङको क्षेत्रमा विभिन्न अभ्यासहरु भइरहेका छन् । विशेषगरी कोभिड १९ पश्चात् विद्यार्थीहरुको सिकाइको लागि सरकारले पनि अनलाइन शिक्षालाई प्रवद्र्धन गरेको छ । एक दर्जन बढी कम्पनीहरुले अनलाइन शिक्षा तथा डिजिटल कन्टेन्टको विकासमा काम गरिरहेका छन् । तर, अझै पनि डिजिटल लर्निङलाई पूर्णरुपमा आत्मसात् गर्न नसकिएको देखिन्छ ।
सरकारले विद्यालयस्तरमा शैक्षिक सामग्री र पुस्तक महिनौँसम्म उपलब्ध गराउन नसकिरहेको सन्दर्भमा अब डिजिटल लर्निङलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिन्छ । यसको लागि आवश्यक पूर्वाधार विकास, डिजिटल कनेक्टिभिटीमा जोड दिनुपर्ने अवस्था छ । नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कमा पनि डिजिटल शिक्षालाई आठ कार्यक्षेत्रभित्र समावेश गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
- काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
- पेट्रोलियम पदार्थको मूल्य घट्यो
- क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
- डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
- मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
- निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
- सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया