रिद्धि सिद्धि सिमेन्टद्वारा शैक्षिक सामग्री हस्तान्तरण
मकवानपुर । रिद्धि सिद्धि सिमेन्टले मकवानपुरको मनहरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले गत शुक्रबार एक कार्यक्रमको आयोजना गरी मनहरी – ८, सिम्पानीमा अवस्थित मनहरी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्युटर, प्रिन्ट, प्रोजेक्टरसहित शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका प्रमुख कार्यकारी अधिकृत गुण बहादुर खनालले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्लाकै विकट क्षेत्रका आर्थिक रुपमा विपन्न विद्यार्थीहरुले लाभान्वित हुने गरी शैक्षिक सामग्रीहरु वितरण गरेको बताए । कार्यक्रममा क्याम्पसका अध्यक्ष तथा पूर्वसांसद ओम बहादुर घलानले कम्पनीको सहयोगप्रति धन्यवाद दिँदै उद्योग सञ्चालन र विकासका लागि सो भेगका जनताले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । आगामी दिनमा पनि कम्पनीले यस्तै सामाजिक कार्यक्रम गर्दै जाने जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बागमती प्रदेश
ट्याग : #page 3
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया