एसेम्बलिङ उद्योगलाई दिएको छुट कटौती नगर्न नाडाको आग्रह
काठमाडौं,नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारीसाधन एसेम्बलिङ उद्योगहरूलाई दिइँदै आएको सुविधा तथा छुट कटौती नगर्न सरकारसँग आग्रह गरेको छ । नाडाले सरकारले बजेटमार्फत सवारीसाधन एसेम्बलिङ गर्ने उद्योगलाई दिइँदै आएको महसुलमा छुटलगायत नीतिगत सुविधाहरूलाई कटौटी गर्न लागेको भन्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नाडाले मंगलबार एक विज्ञप्ति जारी गरी नीतिगत प्रोत्साहनका प्याकेजहरू ल्याउँदै जानुपर्नेमा थोरै वर्षको अन्तरालमा भएकै नीतिहरूलाई समेत पटकपटक हेरफेर गर्दै जाने हो भने नेपालमा नयाँ उद्योग नखुल्ने र भएका पनि बन्द हुने चेतावनी दिएको छ । नाडाले बजेटबाट सवारी साधन एसेम्बल गर्ने उद्योगलाई थप प्रोत्साहन दिनुपर्ने बताएको छ ।
नेपालमा अहिले दुईपाङ्गे्र सवारीसाधनहरूको चारवटा एसेम्बल उद्योग सञ्चालनमा छन् । थप अरू दुई उद्योगहरू तत्कालै उत्पादन गर्ने अवस्थामा रहेको र अन्य केही एसेम्बल उद्योगहरू खुल्ने तयारीमा रहेको नाडाले जनाएको छ ।नाडाले नेपालमा चारपाङ्गे्र सवारीसाधनहरू उत्पादन तथा एसेम्बल गर्ने उद्योगहरू पनि खुल्ने क्रममा रहेको जनाएको छ ।
नेपालमा नै सवारीसाधनहरूको एसेम्बल हुँदा सर्वसाधारणले सस्तो मूल्यमा सवारीसाधनहरू प्राप्त गर्ने, रोजगारी सिर्जना हुने र प्रविधि भित्र्याएर नेपाली प्राविधिकको क्षमता विकासमा सहयोग पुग्ने दाबी नाडाको छ । एसेम्बलिङ उद्योगहरूले औद्योगीकरण र आर्थिक स्थिरता कायम गर्न ठूलो टेवा पु¥याएको दाबी पनि नाडाले गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया