बागमती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो
काठमाडौं । बागमती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले बिहीबार सार्वजनिक गाडीको भाडा घटाएको हो । नेपाल आयल निगमले डिजलको भाउ घटाएको नौ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो ।
मन्त्रालयले घटाएको भाडा दर आजै राजपत्रमा प्रकाशित भएको छ । काठमाडौँ उपत्यकाभित्र पाँच दशमलव नौ प्रतिशतले तथा उपत्यकाबाहिर छोटो दूरीका सार्वजनिक गाडीमा चार दशमलव १८ प्रतिशत र मालबाहक गाडीमा पाँच दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए । उनले भने, ‘नयाँ भाडादर आजै राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागु हुनेछ ।’ यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।
गएको चैत २० गते डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १०÷१० रुपैयाँ र पेट्रोलमा तीन रुपैयाँ मूल्य घटाएको निगमले अघिल्लो हप्ताको बुधबारदेखि लागु हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १०÷१० रुपैयाँले भाउ घटाएको थियो । घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको एक सय ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको गाडी भाडा बढेको थियो । बढेको भाडाअनुसार यात्रुले काठमाडौँ उपत्यकामा सार्वजनिक गाडीमा चढ्नेबित्तिकै २० रुपैयाँ भाडा तिर्दै आइरहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- बजेटप्रति मन्त्रीकै असन्तुष्टि !
- बजेट कार्यान्वयन चुनौतीपूर्ण: चेम्बर
- बजेटप्रति सेयर लगानीकर्ता असन्तुष्ट
- बैंकिङ क्षेत्रलाई थप सबल र प्रतिस्पर्धी बनाइने
- ४४ अर्ब ३२ करोड महसुल उठाउन प्राधिकरणको आलटाल
- धरापमा रविलाई आईजीपी कुँवरले दिएको अग्रीम ‘क्लिन चिट’
- नेपाल प्रहरीका सात जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) को सरुवा
- कांग्रेसको जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा पौडेल मनोनीत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया